October 28, 2021

Halkhabar kura

Entertainment Site

किन यी रोगहरु भएका बिरामीले खान हुँदैन मासु ?

1 min read

मासु खान थालेपछि हामी नेपाली हरीया सागसब्जीलगायत अन्य साधारण खानेकुरा नै बिर्सिदिन्छौ।

एकैपटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने चिकित्सकहरु बताउँछन्। चिल्लो मासु खाएर आरामसँग बस्दा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्छ। दशैंको समयमा स्वाद र सन्तुष्टिका लागि मासुका परिकार मात्रै खाने तर कुनै व्यायम नगर्दा स्वास्थ्यलाई नराम्रो असर पर्ने बताउँछिन्, जनस्वास्थ्यविद् डा.अरुण उप्रेती।

मासु ठिक्क मात्रामा मात्रै खानुपर्ने डा. उप्रेतीको सुझाव छ। अत्याधिक मात्रामा चिल्लोयुक्त र मसलेदार मासु खाँदा तत्काल असर नदेखिए पनि केही दिनपछि विस्तारै समस्या देखापर्ने हुन्छ।

हाल नेपालमा मधुमेह, मुटुका बिरामी, युरिक एसिडलगायत रोगका बिरामी बढीरहेका छन्। यस्ता रोगीले रातो मासु खाँदा स्वास्थ्यमा झन् असर गर्छ।

दसैंमा आफन्तकामा पनि गइने हुँदा त्यहाँ पनि विचार गरेर ठिक्क मात्रामा खानुपर्छ। आफ्नो मन थाम्न नसकेर आवश्यकभन्दा बढी खानेकुरा खाने बानीले स्वास्थ्यका लागि हानिकारक हुन्छ।

रक्तचाप बढी भएका, युरिक एसिड भएका मानिसले भित्री अंगका मासु तथा रातो मासु खाँदा उनीहरुको शरीरमा ठूलो क्षति हुन्छ।

मासु पकाउँदा पनि धेरै मसला, चिल्लो राखेर भन्दा पनि साधारण तरिकाले पकाएर खानुपर्ने डा। उप्रतीको सुझाव छ। उनकाअनुसार बढी मसलेदार मासु, धेरै दिनको बासी मासु, राम्ररी नपाकेको मासु खाँदा अपच हुने, बान्ता हुने, आउँ, हैजाजस्ता समस्या निम्तिन्छ। यसकारण मासुलाई ताजा राख्नका लागि फ्रिजमा राख्नुपर्छ।

मासुमा धेरै प्रोटिन हुन्छ, थोरै मात्रामा मासु सेवन गर्दा भने शरीरलाई फाइदा पुग्छ ।

दीर्घरोगीलाई मासु विषसरह

मुटुरोग, युरिक एसिड लगायतका दीर्घरोगीलाई मासु घातक मानिन्छ । अझै दीर्घरोगीले मासु खानु विष सेवन गरेसरह नै हुन्छ। त्यसैले दीर्घरोगीले मासु सेवन नगरेकै उत्तम हुन्छ। तेलमा भुटेको, तारेको, सेकुवा र मसलेदार मासु खानु शरीरका लागि झनै हानिकारक हुन्छ। नेपालमा दिनानुदिन दीर्घरोगी बढ्नुका कारण पनि अस्वस्थकर खाना नै भएको चिकित्सकहरु बताउँछन्।