October 19, 2021

Halkhabar kura

Entertainment Site

घुसकाण्डमा मुछिएका प्रजिअ खगेन्द्रप्रसाद रिजाल पक्राउ

1 min read

दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्बनमा परेका उपसचिव एवम् दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पक्राउ गरेको हो ।

रिजालले गरेको भ्रष्टाचारजन्य कार्यबारे अनुसन्धान भइरहेको थियो। उनलाई थप अनुन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन्। सेवाग्राहीसँग घुस प्रकरणमा मुछिएपछि रिजाललाई यसअघि गृहमन्त्रालयमा तानेर निलम्बन गरिएको थियो।

सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोपसहितको समाचार सार्वजनिक भएसँगै उनलाई गृहले तानिएको थियो। गृहमा तानिएसँगै अख्तियारले छानबिन थालेको थियो।

जिल्लाको मेलुङ गाउँपालिका ४ भेड्पुका ४० बर्षिया कुमार लामा प्रतिवादी रहेको अभद्र व्यवहार र कालिञ्चोक गाउँपालिका १ का २८ वर्षिया ईन्द्र पाख्रिन र उनका ५१ वर्षिया बाबु उदिम तामाङ प्रतिवादी रहेको सार्वजनिक सुरक्षा विरुद्धको मुद्धाका अभियुक्तहरुलाई थुनछेक बहसका क्रममा धरौटीमा रिहा गर्दा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले महिना दिन अघि ९० हजार र ३५ हजारका दरले दुबै अभियुक्तका परिवारबाट १ लाख २५ हजार रुपैंयाँ घुस लिएका थिए।

उनले बढी पैसा लिएर फिर्ता गरेको भन्ने समाचार नियोजित रहेको दावी गरेका थिए। प्रजिअलाई भ्रष्टचार निवारणको जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मेवारी पनि हुन्छ। तर जिल्लाको भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्नै पदकै व्यक्ति घुसमा मुछिएपछि गृहसँगै अख्तियारले छानबिन थालेको थियो।

नापी अधिकृतसहितविरुद्ध मुद्दा – काठमाडौंका तत्कालीन प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्धा दायर गरेको छ । घुस लिएर सरकारी जग्गा ब्यक्तिको नाममा गराउने शर्मा, डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत बिष्णुकुमार राई र सरकारी जग्गा आफ्नो नाममा गरेका अरुणकुमार रन्जितकारविरुद्ध मंगलबार भ्रष्टाचार मुद्धा दायर भएको हो। उनीहरु विरुद्ध ४ लाख १२ हजार ६ सय ३७ रुपैयाँ बिगो दाविसहित मुद्दा दायर गरिएको अख्तियारका प्रबक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.