October 17, 2021

Halkhabar kura

Entertainment Site

१४ लाख किशोरीले निःशुल्क सेनेटरी प्याड पाउने

1 min read

काठमाडौं । देशभरीका सामुदायिक विद्यालयका १४ लाख किशोरीले नि: शुल्क सेनेटरी प्याड पाउने भएका छन् । हिजो एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

नेपालका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । यसका लागि स्थानीय तहलाइ केन्द्र सरकारले रकम पठाउनेछ, त्यसै अनुसार स्थानीय सरकारले प्याड वितरण गर्नुपर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिनुभयो ।

सेनिटरी प्याडको अभावमा छात्राको पढाइमा कुनै समस्या हुन नदिन यो योजना कार्यान्वयनमा ल्याईएको सरकारको दावी छ । तर, नेपालका करिब ८१ प्रतिशत सामुदायिक विद्यलायहरूमा मात्र शौचालयको सुविधा रहेकाले त्यसको पयोगमा अप्ठयारो पर्न विज्ञहरुको तर्क छ ।

कार्यविधि अनुसार सेनेटरी प्याडको लागि केन्द्र सरकारले पठाएको बजेट अन्य ठाउँमा खर्च गरेमा कारबाहि गरिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.