November 29, 2021

Halkhabar kura

Entertainment Site

यी हुन् ब्रोइलर कुखुराको मासु भन्दा महँगा तरकारी !

1 min read

काठमाडौँ – कोरोना भाइरस संक्रमितको संख्या बढेपछि जारी गरिएको निषेधाज्ञा पश्चात काठमाडौँ उपत्यकामामा तरकारीको भाउ बढेको छ। अहिले उपत्यकाका सर्वसाधारण महँगोमा तरकारी किन्न बाध्य छन्। तरकारीको भाउ बढ्दै गर्दै ब्रोइलर कुखुराको मासुको भाउ भने लगातार घटिरहेको छ। एक महिना अघि प्रतिकिलो ४०० नाघेको ब्रोइलर कुखुराको मासुको भाउ सोमबार २४० पुगेको छ । उत्पादनको तुलनामा खपत नभएपछि कुखुराको मासु सस्तिएको हो। तर, माग बराबर तरकारी उपत्यकामा आयात नहुँदा तरकारी लगातार महँगो भइरहेको छ।

अहिले ब्रोइलर कुखुराको मासु भन्दा पनि महँगा तरकारी बजारमा छन्। अहिले ब्रोइलर कुखुराको मासु भन्दा गुन्द्रुक महँगो छ। उपत्यकामा अहिले गुन्द्रुकको औषत मूल्य २९५ रुपैयाँ किलो आसपास छ। यस्तै मासु भन्दा कुरीलो पनि महँगो छ। कुरीलो अहिले ३९५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ । यस अर्थमा कुरीलो मासु भन्दा १५५ रुपैयाँले महँगो छ। मासु भन्दा महँगो तरकारीको कुरा गर्नु पर्दा छुटाउन नहुने अर्को तरकारी हो – च्याउ। अन्य समयमा पनि महंगो तरकारीका रुपमा चिनिने डल्ले च्याउ प्रतिकिलो २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै ब्रोइलर कुखुराको मासुको भाउ बराबर अथवा आसपासकै भाउमा हरियो अकबरे खुर्सानी, कागती लागत छन्।

Leave a Reply

Your email address will not be published.