November 28, 2021

Halkhabar kura

Entertainment Site

आज थप ८९९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या ३९ हजार ४६० पुग्यो

1 min read

काठमाडौं । नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि भएको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए ।

यसैगरी काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् ।

यस्तै होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन् । आज ११ हजार १२९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published.