October 19, 2021

Halkhabar kura

Entertainment Site

तिमी कस्को भरौटे बनेर आयौ यसपालि?

1 min read

मध्य रातमा आँखा खुल्यो। नाक सुक्खा, पिरो न पिरो। केहि लाइन फुरेछन् :
—————-
ए, पवन
के रङ्ग लिएर आएको हो यो
यसपालिको होलीमा?
के रङ्ग लिएर आएको हो यो
मक्किएको रुख पनि पलाउने बसन्त ऋतुमा?
ए, पवन
के तिमीलाई बुढौलीले छपक्कै छोपेको हो?
के तिमीलाई उदासिनताको रोगले च्यापेको हो?
ए, पवन
भन त, के निक्खर खैरो रंगको पनि होली खेलिन्छ र कतै?
भन त, सासै फेर्न गाह्रो यो निस्सासिने तुँवालो किन ल्यायौ यसपालि ?
भन त, मेरा उमङ्गका पालुवाहरु निमोठ्न तिमी कस्को भरौटे बनेर आयौ यसपालि?