January 21, 2022

Halkhabar kura

Entertainment Site

कोरोना संक्रमणबाट बच्न चिकित्सकका १० घरेलु सुझाव

1 min read

काठमाडौं । चीनको वुहान प्रान्तबाट उत्पति भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर हजारौंले ज्यान गुमाएका छन् भने लाखौं मानिसमा यसको संक्रमण पुष्टि भएको छ । यो विषम परिस्थितीमा विश्वले कोरोना महामारीबाट मुक्ति पाउन हरेक प्रयास गरेपनि अहिलेसम्म विफल हुँदै आएको छ ।

विभिन्न देशका वैज्ञानिकहरुले विरुद्धको उपचार विधिबारे असुसन्धान र प्रयोग गरिरहेको छन्, दुर्भाग्यवस् यो सफल हुन सकेको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार व्यक्ति स्वंम आफै सजग र सचेत हुन सके कोरोना संक्रमणबाट बच्न सकिन्छ ।

डब्लुएचओले कोरोना संक्रमणबाट बच्न धेरैभन्दा धेरै साबुन पानीले मिचीमिची हात धुन, बिनाकाममा घरबाहिर ननिस्कन, अन्य व्यक्तिसँग कम्तिमा ३ फिटको दूरी कामय गर्नलगायतका सुझाव दिँदै आएको छ ।

अन्य विभिन्न तह र तप्काका व्यक्तिहरुले पनि यसबारे सचेत गराउँदै आएका छन् । वैज्ञानिक, चिकित्स तथा मोनोचिकित्सकहरुले संक्रमण हुनबाट बच्न विभिन्न सुझावहरु दिँदै आएका छन् ।

यस्तै, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख तालिम अधिकृत तथा आयुर्वेद बिशेषज्ञ डा• निर्मल भुसालले वसन्त ऋतुचर्या् पालन गर्न सकिए कोरोना संक्रमणबाट जोगिन केहि सहयोग हुने उल्लेख गर्नुभएको छ ।

यी हुन् चिकित्सक भुसालले उल्लेख गर्नुभएका १० सुझावहरुः

१. खाना कफलाई कम गर्नका लागि छनौट गर्नुहोस्, जुन सजिलै पचाउन सकिने र सुक्खा हुन्छ (ओसिलो रहित, फ्याट–फ्री) ।

२. खानामा पुरानो जौ, गहुँ, मह र कुनै पनी हल्का खाना लिनुहोस् ।

३. चिसो हुने खानाहरू बेवास्ता गर्नुहोस् ।

४. चिल्लो, अमिलो र गुलियो खाना नलिनुहोस् ।

५. मह मिसाइएको पानी पिउनुहोस् ।

६. अदुवा, मुस्ता (नागरमोथा) गुडुची, असुरो, मरिच, तुलसी आदि जडिबुटी संग उमालेको पानी पिउनुहोस्।

७. शारीरिक व्यायाम, सुख्खा मसाज गर्नुहोस्, न्यानो पानीले नुहाउनुहोस् ।

८. दिनमा निदाउनबाट जोगिनुहोस् ।

९ . दिनलाई रमाईलो खेलहरूमा, व्यस्त समय, कहानी कथन आदि वा बगैंचा मा व्यतीत गर्नुहोस् ।

१०. चराहरू, प्रकृति वा संगीतको सुखदः आवाज सुन्नुहोस् ।

निर्देश ग्रन्थः अष्टांग हृदय कफश्चितो हि शिशिरे वसन्ते अर्काशुतापितः। हत्वा अग्निं कुरुते रोगानतस्तं त्वरया जयेत्।। तीक्ष्णैर्वमननस्याद्यैर्लघुरूक्षैश्च भोजनैः। व्यायामोद्वर्तनाघातैर्जित्वा श्लेश्माणमुल्बणम्।। स्नातो अनुलिप्तः कर्पूरचन्दनागुरुकुङ्कुमैः। पुराणयवगोधूमक्षौद्रजाङ्गलशूल्यभुक्।। सहकाररसोन्मिश्रानास्वाद्य प्रियया अर्पितान्। प्रियास्यसङ्गसुरभीन् प्रियनेत्रोत्पलाङ्कितान्।। सौमनस्यकृतो हृद्यान्त्रयस्यैः सहितः पिबेत्। निर्गदानासवारिष्टसीधुमार्द्वीकमाधवान्।। शृङ्गबेराम्बु साराम्बु मध्वम्बु जलदाम्बु च । दक्षिणानिलशीतेषु परितो जलवाहिषु।। अद्रुष्टनष्टसूर्येषु मणिकुट्टिमकान्तिषु । परपुष्टविघुष्टेषु कामकर्मान्तभूमिषु।। विचित्रपुष्पवृक्षेषु काननेषु सुगन्धिषु । गोष्ठीकथाभिश्चत्राभिर्मध्यहनं गमयेत्सुखी।। गुरुशीतदिवास्वप्नस्निग्धाम्लमधुरांस्त्येजेत् । अष्टांग हृदय सुत्रस्थान ऋतुचर्या अध्याय

Leave a Reply

Your email address will not be published.