November 29, 2021

Halkhabar kura

Entertainment Site

लकडाउन: जिल्ला प्रशासन कार्यालयले अब आकस्मिक प्रयोजनका लागि मात्रै सवारी पास दिने

1 min read

काठमाडौं, चैत । जिल्ला प्रशासन कार्यालयले अब सवारी पास नदिने भएको छ ।

यसअघि जुनसुकै निकायको लागि पनि जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरेकोमा अब नदिने भएको हो । अब सम्बन्धित निकायले नै पास उपलब्ध गराउनुपर्नेछ ।

अत्यावश्यक दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने निकायले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट, बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट, राष्ट्रसेवक कर्मचारीले सम्बन्धित मन्त्रालयबाट र अरु आकस्मिक प्रयोजनको लागि आवश्यक सवारी पासमात्रै जिल्ला प्रशासन कार्यालयले वितरण गर्ने निर्णय भएको हो ।

यस्तै ‘लकडाउन’ को पहिलो दिन गएको मङ्गलबार ११ गतेदेखि १७ गतेसम्म लिएका सवारी पासको म्याद सकिएको छ ।

Leave a Reply

Your email address will not be published.