November 29, 2021

Halkhabar kura

Entertainment Site

आठ आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश, छाउगोठ भत्काइएको प्रति सांसदको आक्रोश

1 min read

काठमाडौं । पूर्वसांसद् गम्भीरजङ्ग कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ । प्रतिनिधि सभाको आजको बैठकले सभामुख अग्निप्रसाद सापकोटाले पेस गरेको शोक प्रस्ताव बैठकले पारित गरेको हो । कार्की २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वा्चित हुनुुभएको थियो ।

कार्कीले कांग्रेस पाल्पाको पूर्वपार्टी सभापतिको जिम्मेवार सम्हाल्नाका साथै प्रजातन्त्र एवम् लोकतन्त्र स्थापनाको हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको ७४ वर्षका उमेरमा यही माघ ११ गते उपचारका क्रममा निधन भएको थियो ।
यस्तै, प्रतिनिधिसभाको आजको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् ।

प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभएको छ ।

यस्तै उहाँले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५–०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेश गर्नुभएको हो । यसैबिच, प्रतिनिधिसभाको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको नाम हेरफेर गर्नुभएको हो । गोकर्णराज विष्ट र पदम गिरी संघीय संसद्को अर्थ समिति, शिवमाया तुम्बाहाङफे र मायादेवी न्यौपाने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, मात्रिकाप्रसाद यादव र रामकुमारी चौधरी कानून न्याय तथा मानवअधिकार समितिमा रहने भएका छन् ।

यस्तै थममाया थापा महिला तथा समाजिक समिति, लालबाबु पण्डित राज्यव्यवस्था तथा सुशासन समिति, विद्या भट्टराई शिक्षा तथा स्वास्थ्य समिति, चक्रपाणि खनाल, रघुवीर महासेठ र धनबहादुर बुढा सार्वजनिक लेखा समितिमा रहनेछन् ।  प्रस्तावित नामलाई बैठकले सहमति जनाएको थियो । त्यस्तै बैठकले कार्यव्यवस्था परामर्श समितिको सदस्यको नाम पनि हेरफेर गरेको छ ।

रामेश्वर राय यादवको ठाउँमा प्रभु साहको नाम हेरफेर गर्ने सभामुखको प्रस्तावलाई बैठकले सहमति जनाएको थियो ।

यता, सरकारले छाउगोठ भत्काएको भन्दै संसदमा विरोध भएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काएको भन्दै विरोध गर्नुभएको हो ।

पश्चिम नेपालका कतिपय जिल्लाहरुमा महिनावारी भएका महिलाहरुलाई छाउगोठमा राख्ने चलन छ । छाउगोठमा बसेकै अवस्थामा कतिपयको मृत्यु हुन थालेपछि सरकारले छाउगोठ भत्काउने अभियान चलाएको छ । प्रतिनिधि सभाको अर्को बैठक यही माघ २१ गते अपराह्न १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published.