January 24, 2022

Halkhabar kura

Entertainment Site

स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै पाँचदिन देखि आमरण अनशनरत त्रिपाठीद्वारा अनशन स्थगित

1 min read

काठमाडौँ । विधान अनुसार नेविसंघको महाधिवेशन गराउनुपर्ने माग राख्दै विगत पाँचदिन देखि आमरण अनशनमा बस्नुभएका विद्यार्थी नेता नवराज त्रिपाठिले विनासर्त असशन स्थगित गर्नुभएको छ ।

आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई असर पर्ने भन्दै नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आमरण अनशनमा बस्नुभएका नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले केहिबेर अघि अनशन स्थगित गर्नुभएको हो ।

रिले अनशनकै क्रममा पार्टीका शीर्ष नेताहरुले भागबण्डाका आधारमा नेविसंघको महाधिवेशन गराउन भन्दै राजिव ढुंगानाको नेतृत्वमा तदर्थ समिति गठन गरेपछि त्रिपाठी आमरण अनशनमा बस्नु भएको थियो ।

नेविसंघमा विधानअनुसार ३२ वर्षे उमेर हद लगाउनुपर्ने माग गर्दै अनशनमा बस्नुभएका त्रिपाठीले सुदृढीकरणको आवश्यकता भए पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघलाई जिताउनुपर्ने कारण देखाई आज अनशन स्थगित गर्नुभएको हो ।

देशभरका नेविसंघ कार्यकर्ताहरूको समर्थन र सल्लाहमा आसन्न स्ववियु निर्वाचनमा नेविसंघ जिताउने उद्देश्यसहित तत्कालका लागि आमरण अनशन स्थगित गरिएको त्रिपाठीले बताउनुभयो ।

विद्यार्थीको नेता विद्यार्थीनै हुनुपर्छ भन्ने आफुहरुको अभियान र माग रहेको पनि उहाँको भनाई छ । यस्तै उहाँले विधानअनुसार संगठन चल्नुपर्ने र आफुहरुले संघर्ष जारी राख्ने पनि जनाउनुभएको छ । विधान कार्यान्वयनको माग गर्दै पार्टी कार्यालय सानेपामा ४० दिन भन्दा धेरै रिले अनशन पछि उहाँ आमरण अनशनमा बस्नुभएको थियो ।

विधान अनुसार नेविसंघको महाधिवेशन गराउनुपर्ने माग राख्दै विगत पाँचदिन देखि आमरण अनशनमा बस्नुभएका विद्यार्थी नेता नवराज त्रिपाठिले विनासर्त असशन स्थगित गर्नुभएको छ ।

आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई असर पर्ने भन्दै नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आमरण अनशनमा बस्नुभएका नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले केहिबेर अघि अनशन स्थगित गर्नुभएको हो ।

रिले अनशनकै क्रममा पार्टीका शीर्ष नेताहरुले भागबण्डाका आधारमा नेविसंघको महाधिवेशन गराउन भन्दै राजिव ढुंगानाको नेतृत्वमा तदर्थ समिति गठन गरेपछि त्रिपाठी आमरण अनशनमा बस्नु भएको थियो ।

नेविसंघमा विधानअनुसार ३२ वर्षे उमेर हद लगाउनुपर्ने माग गर्दै अनशनमा बस्नुभएका त्रिपाठीले सुदृढीकरणको आवश्यकता भए पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघलाई जिताउनुपर्ने कारण देखाई आज अनशन स्थगित गर्नुभएको हो ।

देशभरका नेविसंघ कार्यकर्ताहरूको समर्थन र सल्लाहमा आसन्न स्ववियु निर्वाचनमा नेविसंघ जिताउने उद्देश्यसहित तत्कालका लागि आमरण अनशन स्थगित गरिएको त्रिपाठीले बताउनुभयो ।

विद्यार्थीको नेता विद्यार्थीनै हुनुपर्छ भन्ने आफुहरुको अभियान र माग रहेको पनि उहाँको भनाई छ । यस्तै उहाँले विधानअनुसार संगठन चल्नुपर्ने र आफुहरुले संघर्ष जारी राख्ने पनि जनाउनुभएको छ । विधान कार्यान्वयनको माग गर्दै पार्टी कार्यालय सानेपामा ४० दिन भन्दा धेरै रिले अनशन पछि उहाँ आमरण अनशनमा बस्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.