January 21, 2022

Halkhabar kura

Entertainment Site

प्रतिनिधि सभामा आज विभिन्न प्रतिवेदन र शोक प्रस्ताव पेश हुने

1 min read

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्न लागेको छ । विहान ११ः०० बजेपछि बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले “राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलोसंशोधन) विधेयक, २०७५” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनु हुने भएको छ ।

त्यसैगरी “नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६” र “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीको तर्फबाट न्याय परिषद् र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गरिने भएको छ ।

नेपाली काँग्रेसको तर्फबाट पाल्पा जिल्ला क्षेत्र नं. २ बाट २०४८ सालमा प्रतिनिधि सभामा निर्वाचित सदस्य, नेपाली काँग्रेस पाल्पाको पूर्व पार्टी सभापति, प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका, सादा र सरल जीवन पद्धतिमा विश्वास गर्ने सर्वप्रिय नेता गम्भीरजंग कार्कीको यही माघ ११ गते शनिबार काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकोमा गहिरो शोक प्रकट कार्यसूची समेत संसद सचिवालयले आज बनाएको छ ।

बैठकले उहाँको दिवंंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published.