October 28, 2021

Halkhabar kura

Entertainment Site

गुठी विधेयकबारे अगुवा सरोकारवालासँग छलफल

1 min read

काठमाडौं । सरकारले गुठी लगायत मालपोत, भूउपयोग, भूमी, जग्गा प्राप्ती, विर्ता उन्मुलन लगायत ११ वटा विषय समेटेर एकीकृत भूमी ऐन ल्याउने तयारी गरेको छ ।

यसै सन्दर्भमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज गुठी विधेयकमा समेट्नुपर्ने विषयमा छलफल गर्नुभएको छ । गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसद्, राजनीतिक अगुवा, काठमाडौं महानगरपालिकाका प्रमुख लगायतका सरोकार वालाहरूसँग मन्त्री अर्यालले छलफल गर्नुभएको हो ।

त्यस क्रममा सहभागीहरूले नयाँ गुठी विधेयक ल्याउँदा काठमाडौं उपत्यकाको गुठीलाइ विशेष व्यवस्था गरेर सम्बोधन गर्न सके राम्रो हुने सुझाब दिएका छन् । परम्परादेखी संस्कारको रुपमा विकास हुदै आएको काठमाडौं उपत्यकाका गुठी संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनीहरुको माग थियो ।

कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्दै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेट्ने योजनामा सरकार रहेको बताउनुभयो । सरकारले एकीकृत कानुन बनाउन लागेको भन्दै उहाँले त्यसका विषयमा छलफलकै चरणमा रहेकाले ड्राफ्ट बनिनसकेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाभित्रका गुठीहरूको संरक्षण र निरन्तरताको प्रत्याभूती नयाँ गुठी विधेयकले गर्नुपर्ने बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको गुठीलाई विशेष व्यवस्था गरेर सम्बोधन गर्न सके राम्रो हुने बताउनुभयो । काठमाडौं उपत्यका मन्दिरै मन्दिर, जात्रै जात्रा, पर्व, पुरातात्विक, ऐतिहासिक महत्वको शहर भएकोले यसलाई विशेष सम्बोधन गर्न आवश्यक भएको मेयर शाक्यको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.