October 19, 2021

Halkhabar kura

Entertainment Site

राजसंस्था फर्काएरै छाड्छौँ, राजतन्त्रको पक्ष उर्लिएको प्रदर्शनले गणतन्त्रको अन्त्यको सङ्केत गर्छ (भिडियो)

1 min read

संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरि संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको मागसहित काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

‘राष्ट्रवादी’ हरुको समूहले संघीय गणतन्त्रात्मक व्यवस्थाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको भन्दै ‘राष्ट्र निर्माता शाहवंशीय संवैधानिक राजसंस्था र सनातन धार्मिक अधिराज्य’को माग गरी प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय झण्डासहित उनीहरुले ‘दल भन्दा देश ठूलो हो, दलीय झण्डा छोडेर देशको झण्डा बोकौँ’ भन्नेसहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनका सहभागीहरु माइतीघरबाट नयाँ बानेश्वरसम्म गएका थिए । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा यसखालका प्रदर्शन लगातार हुँदै आएका छन् ।

गणतन्त्रको फल भोगिरहेकाहरू यसलाई अस्वीकार गरे पनि राजावादीको दिनहुँको आन्दोलनले समाजमा केही प्रभाव पार्न थालेको अनुमान गरिएको छ ।

सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र समाजवादी पार्टी लगायतका दलभित्रको आन्तरिक खिचातानीसँगै विकास र परिवर्तन नहुँदा व्यवस्था परिवर्तनको आवाज चुलिएको विज्ञको बुझाइ छ ।

तर, सडकमा दुईचार जना निस्किँदैमा राजतन्त्र नै आउँछ भन्नु सोच्नु गलत हुने उनीहरू बताउँछन् ।

यस्तै विभिन्न सन्दर्भमा रहेर योहो बहसमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराईसँग गरिएको कुराकानी । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.