October 29, 2021

Halkhabar kura

Entertainment Site

आज थपिए १,२२१ कोरोना सं’क्रमित, १४ जनाको मृ’त्यु, कुन जिल्लामा कति ? (विवरणसहित)

1 min read

काठमाडौं- नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सं’क्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । सक्रिय सं’क्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, ओखलढुंगाका ४ जना, झापाका ११ जना, पाँचथरका एकजना, मोरङका ४९ जना, संखुवासभाका २ जना र सुनसरीका ३३ जनामा कोरोना पु’ष्टि भएको छ । यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७५ जना, पर्साका ४६ जना , बाराका ८२ महोत्तरीका ३७ जना,सप्तरीका ६ जना, सर्लाहीका ३४ जना र सिरहका २६ जनामा को’रोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३७२ जना, काभ्रेका २५ जना, चितवनका ९० जना, धादिङका ३ जना, भक्तपुरका ४५ जना, मकवानपुरका ९ जना, रामेछापका एकजना, ललितपुरका १२ जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका ५ मा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५ जना, गोरखाका ५ जना, तनहुँका ४ नवलपरासी पूर्वका २ जना, बाग्लुङका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका २५ जना, गुल्मीका ६ जना, दाङका ५ जना, नवलपरासीका २१ जना, पाल्पाका ८ जना, प्युठानका ५ जना, बर्दियाका ६ जना, बाँकेका १४ जना, रुपन्देहीका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ८ जना, कञ्चनपुरका एक जना, कैलालीका ६ जना, डोटीका ११ जना, दार्चुलका २ जना, बझाङका ४७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप २६७ जना को’रोना सं’क्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्र’मणमुक्त भएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ८२२ पुगेको छ ।

हालसम्म कूल सं’क्रमितको ५४ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सं’क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ५५५ थियो ।मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको थियो
आज थप १४ जनाको को’रोनाले मृ’त्यु भएसँगै ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । आज मृत्यु हुनेमा ४ जना महिला र १० पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published.