October 29, 2021

Halkhabar kura

Entertainment Site

सरकारबारे अनर्गल प्रचार गर्नेहरुलाई प्रधानमन्त्रीकाे चे’तावनी

1 min read

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद् पुनर्गठनबारे सोचविचार गरिरहेको बताएका छन् ।अाज जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले लिएको शनिबार प्रसारित अन्तवार्तामा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । मन्त्रिपरिषद् पुनर्गठन गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा ‘मन्त्रिपरिषदको गठन पुनर्गठन आवश्यक्ताले गरिने’ भन्दै प्रधानमन्त्री ओलीले विचार गर्दै, समिक्षा गर्दै र हेर्दै गरेको जवाफ दिए ।

उनले यो कुरा प्रधानमन्त्रीले विचार गर्ने विषय भएको भन्दै भने, ‘पूरानै साथीहरुको टिम लिएर सफलताका साथ अगाडि जान सकिन्छ वा त्यसमा आंशिक हेरफेर गर्नुपर्छ वा पुरै हेरफेर गरेर नयाँ टिमका साथ अगाडि बढ्दा बढी गतिशिलताका साथ भनेर प्रधानमन्त्रीले विचार गर्ने कुरा हो ।’

उनले पार्टी एकता कायम रहन्छ या फुट्छ भन्ने प्रश्नमा यो एकता एकछिनका लागि मात्रै नगरेको बताए । ‘यो एकता अलि परसम्मको यात्राका लागि होइन, विकृति हटाएर, सुसंगत, अशिक्षा हटाएर, देशमा अग्रगामी परिवर्तनलाई निरन्तरता, स्वच्छता, पारदर्शिता, विकास निर्माणका लागि हो । चौतर्फी विकासका लागि हो’, प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्रीले अर्का नेता माधवकुमार नेपालसँगको सम्बन्धमा पनि आफ्नो तर्फबाट त्यस्तो नराम्रो केही नभएको बताए । उनले युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिनुहुन्छ कि भन्ने प्रश्नमा निश्कर्ष र परिणामका आधारमा निर्णय गरिने तथा उपाध्यक्ष वामदेव गौतमलाई राष्टियसभामा लैजानेबारे अहिले कुनै निर्णय नभएको पनि स्पस्ट पारे । प्रधानमन्त्री ओलीले त्यसका लागि २,४ दिन हेर्न सुझाव दिए । ‘दुई–चार दिन हेरौं न, २० आउँदैछ’, ओलीको जवाफ थियो ।

प्राडा. उपेन्द्र कोइरालाको नियुक्ति नातावाद कृपावादको आधारमा नभएको भन्दै योग्यताका आधारमा भएको दावी पनि उनले गरे ।

आफु र सरकारबारे अनर्गल प्रचार गर्नेहरुप्रति आफुलाई दया लागिरहेको भन्दै प्रधानमन्त्रीले ‘सबै चोर र भ्रष्ट हुन्’ भनेर अनास्था फैलाउनेहरुको पाप धुरीबाट कराउने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले गोकुल बाँस्कोटाबारे छानविन भइरहेको भन्दै उनीसँग रिस उठ्दैमा विभिन्न समाचार छापिएको भन्दै असन्तुष्टि समेत जनाए ।
kantipath

Leave a Reply

Your email address will not be published.