October 17, 2021

Halkhabar kura

Entertainment Site

नेता विमलेन्द्र निधिको दाबि- ज्योतिषीले मलाई छिट्टै शिखरमा पुग्छौ भनेका छन् (भिडियाेसहित)

1 min read

काठमान्डौ ।

आउँदो १४औँ महाधिवेशनमा सभापतिका आकांक्षी विमलेन्द्र निधिले आफ्नो बानेश्वरस्थित निवासमा कांग्रेस स्थापनाकालका शीर्षस्थ नेताहरूका अरु दुई छोराहरूसँग संवाद गरे ।

यसअघि सभापति शेरबहादुर देउवालाई सघाउँदै आएका निधिले शिलापत्रका प्रधान सम्पादक बसन्त बस्नेतसँग यो भिडियो अन्तर्वार्ताका लागि कुरा गर्ने क्रममा विगतका केही महत्त्वपूर्ण समझदारी र निर्णयहरूको खुलासा गरेका छन् । त्यसले कांग्रेसकाे भावी नेतृत्वमा आफ्नाे दाबेदारी सही ठहर्‍याउने उनकाे दाबी छ ।

अनि कांग्रेसमा नेता चुनिने चार सम्भावित बाटा र आफ्नो तयारीबारे पनि बोलेका छन् ।

रोचक के छ भने, विमलेन्द्र निधिले यो पल्ट देउवालाई चुनौती दिँदै नेतृत्वको दाबी गर्दै छन् । उनै निधिको पनि शैली देउवाको झैँ रहेछ, ज्योतिषीहरूमा एकदमै विश्वास गर्ने । एकदम पढालेखा, देशीविदेशी ज्योतिषीहरूकहाँ उनी पुग्दा रहेछन् भन्ने कुरा यही अन्तर्वार्तामा उनले खोले । र, भने, ‘ज्योतिषीले मलाई छिट्टै शिखरमा पुग्छौ भनेका छन् ।’

-शिलापत्रबाट