October 28, 2021

Halkhabar kura

Entertainment Site

ठुला नेतालाई जेल हाल्ने भयङ्कर तयारि , बिप्लवले निकाले भयानक अभिव्यक्ति (भिडियो सहित )

1 min read

जेठ १६ काठमाण्डौ

भर्खरै बिप्लवले ओली विरुद्ध भयानक अभिव्यक्ति निकालेका छन्।

यतिखेर व्यवस्था परिवर्तन हुनुपर्ने र त्यसैका लागि आफूले साना दलहरुसंग पार्टि एकता गरेको भन्दै निकालिएको विज्ञप्तिले भयानक परिवर्तनको संकेत देखिएको छ।

त्यति मात्र कहाँ हो र ? नेकपाका ऋषि कट्टेलले पनि अब यो व्यवस्था सकेरै छाड्ने र ठुला नेतालाई जेल हाल्ने बताए

एक अन्तर्वार्तामा उनले मोहन वैद्य किरण , बिप्लव लगायत नेतासंग कुराकानी भईरहेको पनि बताए।

हेर्नुहोस भिडियो  / बिप्लवको अभिव्यक्ति समाचारको अन्त्यमा राखिएको छ 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले साना १४ पार्टीको संयुक्त मोर्चा बनाएको छ । यही जेठ १४ गते बसेको बैठकबाट सो निर्णय भएको हो । वर्तमान केपी ओली नेतृत्वको सरकारको मात्र नभई विद्यमान व्यवस्थाकै विकल्प खोजिनुपर्ने मोर्चाको ठहर छ ।

अहिलेको व्यवस्थाको विकल्पमा जनगणतन्त्र वा वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्नेमा भन्दै ओली इन्डो–अमेरिकी गठबन्धनको गोटीको रुपमा काम गरिरहेको आरोप पनि लगाएको छ साथै आफ्ना कार्यकर्ता रिहईको पनि माग गरिएको छ।

बिज्ञप्तिमा भनिएको छ , ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन् । सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौं ।