October 28, 2021

Halkhabar kura

Entertainment Site

पूर्वराजाको सुरक्षामा खटिएका ८३ जना सुरक्षाकर्मीलाई ओली सरकारले फिर्ता बोलाइयो !

1 min read

पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका अन्य सदस्यको सुरक्षामा खटिएका २५ सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी राजु अर्यालका अनुसार मंगलबार पूर्व राजा शाहको सुरक्षामा खटिएका २५ सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको हो ।

यसअघि पूर्व राजाको सुरक्षामा खटिएका ५८ सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको थियो । जम्मा गरेर ८३ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएओ छ

पूर्व राजाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई यसअघि नै फिर्ता बोलाउने सरकारको निर्णय अनुसार नै फिर्ता बोलाइएको डीआइजी अर्यालले बताउनुभयो ।

अर्यालले शाह झापा भ्रमणमा रहेका कारण केही ढिला भएको बताउँदै उहाँ काठमाडौँ फर्किए लगत्तै सुरक्षाकर्मी फिर्ता गरिएको बताउनुभयो ।

सरकारले गत माघमा ‘अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७’ ल्याएको थियो ।

सोही कार्यविधिअनुसार पूर्वराजा, पूर्व प्रधानमन्त्रीहरु, पूर्व गृहमन्त्रीलगायतको सुरक्षा कटौती गरिएको हो ।