January 21, 2022

Halkhabar kura

Entertainment Site

राजधानीमा तीन जनाको मृत्यु, हरेक मृत्युलाई कोरोनासँग नजोड्न सरकारको आग्रह

1 min read

काठमाडौं । राजधानीमा आज तीन जनाको मृत्यु भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

आज मन्त्रालयमा भएको नियमित पत्रकार सम्मलेनमा पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको हो भने वीर अस्पतालमा एक महिला र अर्का एक भारतीय नागरिक पुरुषको मृत्यु भएको जानकारी गराइएको हो ।  उनीहरु सबैको रिपोर्ट आउन केही समय लाग्ने उहाँले बताउनुभयो ।

उता बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेसनमा भर्ना भई हिजो निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

उनको अर्को रिपोर्ट भने आउन बाँकी रहेको अस्पतालले जनाइएको छ । उनी वैदेशिक रोजगारीबाट यही चैत ६ गते स्वदेश फर्किएका थिए ।
घर फर्किंदाको अवस्थामै सामान्य ज्वरो आएकाले उनी एक साता घरमै आराम गरी बसेका थिए ।

यसैबिच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्न आग्रह गरेको छ । गाउँघरमा कसैको मृत्यु भयो भने कोरोनाकै कारण मृत्यु भएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको छ ।

उहाँका अनुसार नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको छ र स्थानीय तथा समुदाय स्तरमा फैलिन पाएको छैन । साथै, अहिलेसम्म मृत्यु भएकाहरुको कोरोना परीक्षण गर्दापनि नेगेटिभ रिपोर्ट नै आएको छ ।

Leave a Reply

Your email address will not be published.