November 28, 2021

Halkhabar kura

Entertainment Site

घरभाडा नलिन सरकारले गरेको आग्रहमा महासंघ सकारात्मक

1 min read

काठमाडौं । कोरोना भाइरसको असर अर्थतन्त्रमा पनि परेको भन्दै सरकारले चैत्र महिनाको घरबहाल नलिन घरबेटीलाई गरेको आग्रह सकारात्मक भएको घरबहाल सरोकार महासंघले जनाएको छ ।

‘विषम परिस्थितिमा सरकारले लिएको निर्णय सकारात्मक छ,’ महासंघका अध्यक्ष बलभद्र खनालले भने, ‘संकटको यो अवस्थालाई घरबेटीले बुझ्नुपर्छ निर्णय कार्यान्वयन हुनेमा विश्वस्त छु ।’

सरकारले रोजगारी तथा व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरु लकडाउनका कारण घरमै रहनुपर्ने अवस्था भएपछि आम्दानीको बाटो नै बन्द भएकाले चैत्रको घरभाडा नलिन घरबेटीलाई आग्रह गरेको थियो ।

घरभाडा नलिनेको घरवहाल  कर छुट दिने सरकारले घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published.