January 21, 2022

Halkhabar kura

Entertainment Site

जापानी कमेडी ‘आइकन’ केन शिमुराकाे काेराेना सङ्क्रमणबाट निधन

1 min read

काठमाडौं ।  कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएका जापानका कमेडियन केन शिमुराको निधन भएको छ ।

७० वर्षीय शिमुरामा गएको मार्च २३ तारिखमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । उनी कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार भएका छन् ।

उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए । उनले स्ल्यापस्टिक (अस्वभाविक शारीरिक गतिविधि) कमेडियनका रुपमा परिचय बनाएका थिए ।

Leave a Reply

Your email address will not be published.