November 29, 2021

Halkhabar kura

Entertainment Site

नेकपाको जारी केन्द्रीय समिति बैठकमा समुहगत छलफल सुरु

1 min read

काठमाडौं  । नेकपाको जारी केन्द्रीय समिति बैठकमा समुहगत छलफल सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले पेश गर्नुभएको संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि आजबाट समुहगत छलफल सुरु भएको हो । केन्द्रीय सदस्य धेरै भएपछि नेकपाले प्रतिवेदनमाथि समुहमा छलफल चलाएको हो ।

बैठकको दोस्रो दिन १५ समूहले राजनीतिक प्रतिवेदनमा छलफल गरेका छन् । टोली नम्बर एक देखि आठ सम्मका समूह राष्ट्रिय सभागृहमा छलफलमा सहभागी भएका थिए भने नौ देखि ११ नम्बर समूह तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिस डाँडामा र १२ देखि १५ नम्बर समूह पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा जुटेका हुन् ।

प्रतिवेदनमाथि छलफल सुरु गर्नुअघि टोली नेता चयन गरिएको हो । नम्बर एक समुहमा दुई टोली नेता छानिएका छन् भने १० नम्बर समूहमा पाँच जना टोली नेता बनेका छन् । एक नम्बरमा उर्मिला अर्याल र आनन्द पोखरेल, दुइ नम्बरमा कमला रोका, तीन नम्बरमा खिमलाल भट्टराई, चार नम्बरमा जगन्नाथ खतिवडा, पाँच नम्बरमा ठाकुर गैरे टोली नेता चयन हुनुभएको हो ।

६ नम्बरमा दिनानाथ शर्मा, सात नम्बरमा पूर्णकुमारी सुवेदी, आठ नम्बरमा बिन्दा पाण्डे, नौ नम्बरमा भगवती चौधरी र १० नम्बरमा युवराज ज्ञवाली, महेश बस्नेत, यज्ञराज सुनुवार, महबुज अन्सारी र यशोदा अधिकारी टोली नेता छानिएका छन् ।

यस्तै ११ नम्बरमा राजेन्द्र राई, १२ नम्बरमा रेणु दाहाल, १३ नम्बरमा लेखनाथ न्यौपाने, १४ नम्बरमा राम कार्की, १५ नम्बरमा हिमाल शर्मा टोली नेता चुनिनुभएको हो । हिजो नेकपाका अध्यक्ष र महासचिवले प्रतिवेदन पेश गरेपछि समूहगत छलफलका लागि २९ जना सदस्य रहेको १५ वटा समूह गठन गरिएको थियो । आज समूहगत छलफलपछि भोलि दिउँसो एक बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष राख्न निर्देशन दिइएको छ ।

एक नम्बरमा उर्मिला अर्याल र आनन्द पोखरेल, दुइ नम्बरमा कमला रोका, तीन नम्बरमा खिमलाल भट्टराई, चार नम्बरमा जगन्नाथ खतिवडा, पाँच नम्बरमा ठाकुर गैरे टोली नेता चयन हुनुभएको हो ।

६ नम्बरमा दिनानाथ शर्मा, सात नम्बरमा पूर्णकुमारी सुवेदी, आठ नम्बरमा बिन्दा पाण्डे, नौ नम्बरमा भगवती चौधरी र १० नम्बरमा युवराज ज्ञवाली, महेश बस्नेत, यज्ञराज सुनुवार, महबुज अन्सारी र यशोदा अधिकारी टोली नेता छानिएका छन् ।

यस्तै ११ नम्बरमा राजेन्द्र राई, १२ नम्बरमा रेणु दाहाल, १३ नम्बरमा लेखनाथ न्यौपाने, १४ नम्बरमा राम कार्की, १५ नम्बरमा हिमाल शर्मा टोली नेता चुनिनुभएको हो । हिजो नेकपाका अध्यक्ष र महासचिवले प्रतिवेदन पेश गरेपछि समूहगत छलफलका लागि २९ जना सदस्य रहेको १५ वटा समूह गठन गरिएको थियो । आज समूहगत छलफलपछि भोलि दिउँसो एक बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष राख्न निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published.