October 19, 2021

Halkhabar kura

Entertainment Site

केपी ओली अब कमरेड रहनुभएन : अष्टलक्ष्मी शाक्य

1 min read

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओलीले कमरेड नभई निरंकुश शासक बनेको टिप्पणी गरेकी छन्। भृकुटीमण्डपमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल पक्षले आज आयोजना गरेको कार्यक्रममा नेतृ शाक्यले ओलीले संघीय गणतन्त्रमाथि धावा बोलेपछि संघर्षको मैदानमा उत्रिनु परेको बताइन्।

‘हामीले मानेको केपी ओली कमरेड बन्नु भएन। निरंकुश शासक बन्नुभयो। स्वच्छाचारी शासक बन्नुभयो। सामान्ति शासक बन्नुभयो, सर्वसत्तावादी शासक बन्नुभयो,’ शाक्यले भनिन्, ‘कमरेड केपी ओली होइन। सर्वसत्तावादी शासकविरुद्ध संघर्षमा लाग्नु परेको छ। हामीले खुट्टा कमाउनु पर्ने छैन। पछाडि हट्नु पर्ने छैन।’

उनले कुनै पनि कुप्रचारमा अल्झिनुपर्ने कारण नभएको बताउँदै शाक्यले दृढताका साथ संघर्षमा होमिने बताइन्। ओली प्रधानमन्त्री भएपछि परिवर्तनका सबै मुद्दा संस्थागत हुने अपेक्षा गरेपनि त्यसमाथि तुषारापात भएको बताइन्।

‘संघीय गणतन्त्रमाथि र चल्दै गरेको संसदमाथि केपी ओलीले धावा बोलेका छन्। संविधानमाथि ‘कु’ गरेका छन्। जनताको अधिकार खोस्ने दुस्साहस गरेका छन्,’ शाक्यले भनिन्, ‘जनताको अधिकार खोस्न राजाले त सकेन केपी ओली र उसको शक्तिले खोस्न सक्दैन भन्ने आज प्रमाणति गरेको छ।’ संसद् पुर्नस्थापना नहुँदासम्म संघर्षका कार्यक्रम जारी राख्ने शाक्यले चेतावनी दिइन्।

 

-नेपाललाइभबाट