October 17, 2021

Halkhabar kura

Entertainment Site

खेम, मोहन र शान्तीश्रीको आवाजमा ‘आँसी’ यस्तो बन्यो (भिडियोसहित)

1 min read

काठमाडौं । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई अझैं बढि दर्शकश्रोताले रुचउछन् ।

यसैक्रममा लोक तथा दोहोरी कलाकार खेम सेन्चुरी, मोहन खड्का र शान्तीश्री परियारको आवाजमा ‘आँसी’ बोलको लोकदोहोरी गीत बजारमा आएको छ । नेत्र अर्यालको शब्द तथा गायक स्वयं सेन्चुरीकै संगीत रहेको उक्त गीतमापनि माया र प्रेमलाई दर्शाईएको छ ।

बिनोद भण्डारीले निर्देशन गरेको उक्त गीतमा आफुले माया गरेको मान्छेको साथ र काखको सामु धनसम्पत्ति फिक्का रहेको मिठो प्रेमिल भाव समेटिएको यो गीतमा कलाकार ओवी रायमाझी र जुना गुरुङले यथार्थपरक रुपमा अभिनयमार्फम कथामा उतारेका छन् ।

भण्डारी पछिल्लो समयमा निर्देशनमा अब्बल मानिएका निर्देशक हुन् । यो भन्दा अगाडि ‘कपलु कोरेर’चिसो महिना पुषैको’ उनको निर्देशनमा रहेका गीत जस्लाई दर्शकश्रोताले अत्यधिक रुचएका छन् ।

सानो सानो घर मेरो खरको
तिमि सिवाय मेरो त छर को ?
आँसी, म क्यारी हासुला निरमाया तिमी नहासी
यस्ता शब्द समेटिएका गीतमा आफन्त सबैदेखि अलग्गीएपछि आफ्नो मायाको साथमा रमाएको उसैको हासो र खुशीलाई हेरेर आफुपनि हासेको मिठो भावलाई देख्न सकिन्छ ।

गीतमा गाउँ, बनपाँखा, भिरजंगलमा घासदाउरा गरेको रमाईलो दृश्यलाई देखाईएको छ । गीतलाई ओवी रायमाझी युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।

गीतले सबैको मन जितोस हाम्रो शुभकामना ।

Leave a Reply

Your email address will not be published.