October 19, 2021

Halkhabar kura

Entertainment Site

न्यूनतम तापक्रम १ डिग्री सेल्सियस, चिसो हावाका कारण देशभर अत्याधिक जाडो

1 min read

काठमाडौँ । बदली तथा वर्षा गराउने मौसमी प्रणालीको प्रभाव नेपालमा नरहेपनि चिसो गराउने प्रणाली भने सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशैभरि केही दिनयता लगातार जाडो बढेको छ । यसको प्रमुख कारण नेपालमाथिबाट जेट स्ट्रिम गइरहनु रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिएका छन् । त्यसकै कारण उत्तर पश्चिमी क्षेत्रबाट नेपाल तर्फ चिसो हावा बहेको छ र देशभरि नै जाडो बढेको छ ।

केही दिनयता देशभर नै तापक्रम कम हुने क्रम छ । आइतबार बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएको मौसमविद श्रेष्ठले जानकारी दिए । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन भएको थियो ।

तापक्रम घट्ने या यस्तै रहने क्रम केही दिन जारी रहने मौसमविदले बताएका छन् । देशभरका तराई क्षेत्रमा बाक्लो हु’स्सु र कु’हिरो लागेको छ ।

यस्तै काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रमा पनि कु’हिरो लागेको छ । पहाडी क्षेत्रमा घाम लागेसँगै कु’हिरो बिस्तारै हट्दै जाने छ । तर तराईका क्षेत्रमा पनि दिनभरजसो नै हु’स्सु र कु’हिरो कायम रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.