October 19, 2021

Halkhabar kura

Entertainment Site

आजदेखि दैनिक कोभिड १९ बारे प्रेस ब्रिफिङ नहुने, अब सातामा दुई दिनमात्रै हुने

1 min read

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ। दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबारभएको थियो । आजदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.