November 29, 2021

Halkhabar kura

Entertainment Site

थप १३ जनाको कोरोनाबाट मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २०८ पुग्यो

1 min read

काठमाडौं । नेपालमा आज कोरोनाबाट थप १३ जनाको मृत्युभएको छ । काठमाडौं उपत्यकामा सातसहित २४ घण्टामा १३ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौं, भक्तपुर र ललितपुरका दुई–दुई जना गरेर उपत्यकामा ६ जनाको मृत्यु भएको जानकारी दिएका थिए।

ललितपुरको पाटन अस्पतालमा थप एक जनाको कोरोनाले शनिबार मृत्यु भएको हो। गएको मंगलबार अस्पताल भर्ना भएका महोत्तरीका ६२ वर्षीय पुरुषको शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय ललितपुरले जनाएको छ।

पछिल्लो २४ घण्टामा पर्सामा दुई, सिरहा, पाल्पा, गोरखा, कास्कीमा एकएक जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। मृतकमध्ये तीन महिला र १० पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २४२ महिला र ६४२ पुरुष गरेर २४ घण्टामा ८८४ जनामा संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published.