October 17, 2021

Halkhabar kura

Entertainment Site

५४ वर्षका हजुरवुवाले आफ्नै ८ वर्षकी नातिनीलाई के गरे यस्तो !

1 min read

आफ्नै ८ वर्षकी नातिनीलाई अनैतिक काम गरेको अभियोगमा उदयपुरका ५४ वर्षका पुरुष पक्राउ परेका छन् । उनले पटक पटक आफ्नै नातिनिलाई अनैतिक काम गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

उनले घरमा कोही नभएको मौका पारी नातिनीलाई अनैतिक काम गरेको भन्दै परिवारकै सदस्यले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिकका ५४ वर्षीय हजुरबुबालाई बिहीबार पक्राउ परेका हुन् । बुधबार घरका सदस्य नभएको मौका छोपी आरोपितले बालिका अनैतिक काम गरेको भन्दै परिवारका सदस्यले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए ।

आरोपितले साउन १२ गते समेत बालिकालाई अनैतिक काम गरेको प्रारम्भिक बयानबाट खुलेको र आरोपितलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान गरिएको एसपी दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.