October 19, 2021

Halkhabar kura

Entertainment Site

गणतन्त्र दिवसकै दिन खुल्यो पोल , एमाले भित्र ३ जना ठुला नेता राजतन्त्र समर्थक

1 min read

जेठ १५ काठमाण्डौ 

नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टि भित्र ३ जना नेता गणतन्त्र विरोधी रहेको खुलाशा गरेका छन्।

नेता वामदेव गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको नारा नै आफैंले लगेको कुराको खुलाशा गरे।

त्यस्तै पार्टीभित्र रहेका ३ जना गणतन्त्र बिरोधिहरुको नाम उल्लेख बामदेव गौतमले नगरेपनि त्यसको भित्रि आशयमा प्रधानमन्त्री केपी शर्मा ओली , अर्का तत्कालिन नेता सिपि मैनाली , राधाकृष्ण मैनाली गणतन्त्र बिरोधि थिए भन्ने आशय उनि निकट नेताले दिएका छन्।

त्यस्तै गणतन्त्रको प्रस्ताव अघि बढाउदा के.पी शर्मा ओलीले सहमति जनाएका थिएनन। तर आफू निकट कृष्ण गोपाल श्रेष्ठ , विष्णु पौडेल लगायत नेताले ओलीलाई दवाव दिएपछि बल्ल उनले मानेको कुरा पनि खुल्न आएको छ।