October 17, 2021

Halkhabar kura

Entertainment Site

२४ घण्टाभित्र स्पष्टीकरण नबुझाए पार्टिबाटै निकालिदिने तयारि , जसपामा ठुलो हल्लिखल्ली

1 min read

१५ जेठ शनिवार , काठमाण्डौ 

जसपा भित्र पनि यतिखेर फुटको राजनीति चलिरहेको छ।

जसपाको उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउनको लागि अल्टिमेटम जारि गरेको छ ।

यसअघि पनि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा उक्त पत्र प्राप्त नभएकाले दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिँदै स्पष्टीकरण मागेर पत्र पठाइएको हो ।

पठाइएको पत्रमा भनिएको छ कि , ” २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही गरिने छ  । ”

ठाकुरले पार्टी विधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८(३), २५(१),(२) र पार्टी विधानको दफा ४९ को १,२,३,५ र ८ का साथै दफा ५० को १ विपरित काम गरेको ठहर गर्दै त्यहि अनुसारको आरोप उनलाई लगाइएको छ ।

सोही आरोपलाई आधार बनाएर यादव समूहले जेठ ११ गते ठाकुरलाई स्पष्टीकरण सोधेपनि उनले भने जवाफ दिएका छैनन् ।

वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पनि यादव पक्षले तीन दिनभित्र स्पष्टिकरण दिनको लागि भन्दै पत्र पठाएको थियो । तीन दिनको म्याद सकिए पश्चात समेतअध्यक्ष ठाकुरबाट कुनै प्रतिकृया नआएपछि बाध्य भएर २४ घण्टे स्पष्टीकरण सोधिएको कुरा जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार राजेन्द्र महतो, कर्ण र शुक्लालाई पनि त्यसैगरी स्पस्टिकरण मागेर पत्र पठाईएको छ ।

पार्टी पद्धति र विधिमा चल्नुपर्ने भन्दै उनले पार्टीको अनुशासन उल्लघंन गर्नेलाई पार्टीको विधानअनुसार कारवाही हुने बताए ।

यस्ता खालको स्पस्टिकरण ठाकुर समूहले पनि उपेन्द्र यादव लगायतलाई सोधेको थियो । तर, यादवले कुनैपनि स्पस्टिकरण दिएका छैनन् । यादवलाई ‘तपाईंले चाहिँ किन स्पष्टीकरण नदिनुभएको ?’ भनेर सोधिएको जिज्ञासामा उनले आफूलाई पार्टीको विधि र पद्धति अनुसार स्पष्टीकरण नसोधिएको कारण जवाफ नदिएको कुरा दावी गरेका छन् ।

विवादको श्रृखंला स्पष्टीकरण हुँदै कारबाही गर्नेसम्मको अवस्थामा पुगेपछि अब जसपा पनि विभाजनको डिलमा पुगेको छ।