October 17, 2021

Halkhabar kura

Entertainment Site

उज्ज्वल थापाले हस्पिटल बेडबाटै दुर्गा प्रसाइलाई फर्काए कडा जवाफ , दुर्गा प्रसाईको सहयोग अस्विकार

1 min read

जेठ १५ काठमाण्डौ 

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापालाई सहयोग गर्नको लागि मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले सहयोग दिन खोजेका थिए।

तर, उनले दिने भनेको सहयोग थापाको परिवारले अस्विकार गरेको छ ।

प्रसाईले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणपश्चात भेन्टिलेटरमा उपचचाररत थापाको सम्पूर्ण उपचार खर्च आफैंले व्यहोर्ने घोषणा गरेका थिए ।

शनिबार थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन एक प्रेस नोट जारी गरिएको थियो जसमा उक्त सहयोग अस्वीकार गरिएको कुरा उल्लेख गरिएको छ ।

‘उज्वल थापाको आफन्तजन, साथी, परिवार तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको तथा भविष्यमा पनि त्यसै गर्ने भएकोले दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ,’ प्रेस नोटमा उल्लेख गरिएको छ ।

थापाको सहयोगका लागि हालसम्म नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० र अमेरिकी डलर २२,२९१ जम्मा भएको परिवारले जानकारी दिएको छ ।

थापाको  मेडिसिटी अस्पतालमा कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि उपचार भइरहेको छ ।