October 19, 2021

Halkhabar kura

Entertainment Site

एक्कासि बजेट आउनु अघि आयो अत्याशलाग्दो प्रतिवेदन ! बजेट आउँदा तपाइँले तिर्नुपर्ने छ ५२ हजार

1 min read

जेठ १५ काठमाण्डौ 

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट बजेट ल्याउने तयारि गरिरहेका छन्। आज साँझ ४ बजे बजेट सार्वजनिक हुँदैछ। तर,

बजेटबाट खुशी हुनुपर्ने अवस्था भने देखिदैन। यता बजेटको तयारि हुँदा अचानक यस्तो खबर आएको छ जसले सबै खुशीलाई निराशा बनाइदिएको छ।

भर्खरै आएको प्रतिवेदन अनुसार यो बजेट आइसक्दा एक व्यक्तिको टाउकोमा ५२ हजार ऋणभार पर्न आएको छ।

यता बजेटको तयारि भईरहेको छ भने उता सरकारी ऋण पनि बढ्दै गएको छ। १६ खर्बको बजेट आउन लाग्दा राष्ट्रिय ऋण पनि लगभाग १६ खर्ब नै पुगेको छ।

यो कुरा सरकारी तथ्यांकले देखाएको छ । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०७७–७८ को फागुनसम्म १५ खर्ब ९१ अर्ब रुपैयाँ रहेको कुरा आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७६–७७ मा १४ खर्ब १९ अर्ब रुपैयाँ पुगेकोमा चालु आर्थिक वर्षमा १५ खर्ब ९१ अर्ब रुपैयाँ राष्ट्रिय ऋण पुगेको छ । यसको आधारमा एक नेपालीको थाप्लोमा करिब साढे ५२ हजार रुपैयाँ ऋणभार रहन आएको छ ।

सार्वजनिक ऋणमा बाह्य ऋण ५४.९ प्रतिशत र आन्तरिक ऋण ४५.१ प्रतिशत रहेको छ ।