October 28, 2021

Halkhabar kura

Entertainment Site

राजसंस्था र हिन्दु राज्यको निर्णायक आन्दोलन। यस्तो छ राप्रपाको नयाँ निर्णय

1 min read

जेठ १५ काठमाण्डौ 

प्रधानमन्त्री स्वेच्छाचारी बन्दा यतिबेला व्यवस्था नै संकटमा परेको भान भैरहेको छ। यहि बेलामा हिन्दु राष्ट्र र राजसंस्थाको माग पनि बढेको छ।

ठिक यहि अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले जनस्तरमा समेत शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो क्रममा रहेको कुरा दावी गरेका छन् ।

राप्रपाको ३१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्रको आवश्यकतामा परेको कुरामा जोड दिएका हुन् ।

विधी, संविधान, लोकतन्त्रको अवमूल्यन हुन थालेको भन्दै राणाले चिन्ता प्रकट गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।

पार्टी स्थापना दिवसको अवसरमा शनिबार जारी गरिएको एक सन्देशमा उनले सम्पूर्ण पार्टी  शुभचिन्तक एवं सदस्यहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि आफ्नो पार्टीले लम्पसारवादलाई स्विकार्न नसक्ने बताएका छन् । उनले आफ्नो धर्म र संस्कृति माथिको प्रहार लाई कदापी स्वीकार गर्न नसकिने भन्दै आफ्नो जातियता र क्षेत्रवादमा विश्वास नरहेको तथा अरु कुनै धर्मको अनादर नगर्ने बरु सबै धर्मको सम्मान गर्दै आएको बताए ।