October 17, 2021

Halkhabar kura

Entertainment Site

१ सय १५ किलोकी सभानाले यसरी घटाइन् तौल भईन ५९ किलोकी, भईन महिला जिम ट्रेनर ? (भिडियो)

1 min read

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर वर्षेनी करिब २८ लाख मानिस बढी तौल वा मोटोपनका कारणले ज्यान गुमाउँछन्।

कुनै समय बढी आय भएका देशहरुसँग सम्बन्धित थियो मोटोपन। हाल भने मध्यम तथा निम्न आय भएका देशहरुमा पनि मोटोपन व्याप्त भएको डब्लुएचओको तथ्यांक छ।

यहि मोटोपनको शिकार भएकी सभाना खातुन जसको तौल नै ११५ किलो थियो तर आज उनै खातुन महिला ‘जिम ट्रेनर’ भएकी छिन साथै करिब एक वर्षमा उनी ११५ किलोबाट घटेर ५९ किलो भएको छ उनको ठूलो सफलता थियो।

मोटोपन घटाउनबाट सुरु हुदै जिम ट्रेनरदेखि जिम मालिकसम्म रहेकी खातुनले कहिल्यै कल्पनासमेत गरेकी थिइनन् तर आज उनी अरुका लागि प्रेरणाको स्रोत बनेकी छन्।

कसरी बनिन् महिला ‘जिम ट्रेनर’?

किशोरावस्था सभाना निकै ‘फुडी’ थिइन्। ‘म जे पनि खाइदिन्थेँ, जंक फुड होस् या नहोस् केही मतलब नै नहुने,’ उनी भन्छिन्, ‘म मोटो नै थिएँ। अझ बढ्दै गएँ।’

सभानाको तौल ११५ किलो पुग्यो। तर पनि उनमा एक रत्ति चिन्ता थिएन। अक्सर मान्छेले ‘ओहो’ म मोटाएँ भनेर चिन्तित हुन्छन्। डाइटिङ गर्न थाल्छन्। उनी भने ‘बिन्दास’ थिइन्। रमाइलो गर्न, खान उनलाई खुब मन पर्थ्यो।

विस्तारै उनको मोटोपनलाई लिएर मजाक उडाउन थालियो।

‘मोटी, भैंसी, कति मोटाको’ लगायतका मान्छेका प्रतिक्रिया आउन थाले।

विस्तारै उनको स्वास्थ्यमा पनि समस्या आउन थाल्यो। त्यसपछि डाक्टरले वजन घटाउन सुझाव दिए। स्वास्थ्यमा समस्या आएपछि उनलाई पनि लाग्यो, ‘होइन अब घट्नुपर्छ।’

सभाना पनि स्वास्थ्यमा समस्या आएकै कारण मोटोपन घटाउन तयार भइन्। अनि सुरु भयो उनको नयाँ दैनिकी। उनी जिम जान थालिन्।