October 17, 2021

Halkhabar kura

Entertainment Site

बंगलादेशलाई हराउदै नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि, पायो ५ हजार अमेरिकी डलर

1 min read

नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

दशरथ रंगशालामा नेपालले सन् १९८४ पछि पहिलो उपाधि जितेको हो। दशरथ रंगशालामै नेपाली राष्ट्रिय टिमले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको उपाधि जितेको थियो। नेपाली राष्ट्रिय टिमको समग्रमा भने यो पाँचौं उपाधि हो।

नेपालले १९८४ को उपाधिपछि उस्तै उपाधि १९९३ मा पनि जितेको थियो। त्यसपछि २०१६ मा नेपालले बंगबन्धु र एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।

प्रतियोगिताको विजेता नेपालले ५ हजार डलरसहित ट्रफि जितेको छ। त्यस्तै उपविजेता बंगलादेशले ३ हजार डलर पुरस्कार पाएको छ।