January 21, 2022

Halkhabar kura

Entertainment Site

नायक अनमोल केसीविरुद्ध ठगीको आरोपमा उजुरी

1 min read

काठमाडौं । अभिनेता अनमोल केसीविरुद्ध ठगीको अरोपमा प्रहरीमा उ-जु-री- परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीवि-रु-द्ध- निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गीले हप्ता दिनअघि उ-जु-री- दिएका हुन् ।

फिल्म ‘धुपौरे’ मा अभिनय गर्न ५ लाख रुपैयाँ एडभान्स लिए पनि फिल्मका लागि समय नदिएको भन्दै निर्माता द्वय श्रेष्ठ र खड्गीले अनमोल-वि-रु-द्ध- प्रहरीमा उ-जु-री- दिएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनमोलविरुद्ध उ-जु-री- परेको पुष्टि गरेका छन् । अनमोलले गत असोज ३ गते ४० लाख पारिश्रमिक लिने गरी ‘धुपौरे’ मा अभिनय गर्ने सम्झौता गरेको उ-जु-री-मा उल्लेख छ ।

सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि केसीले फिल्म नखेलेर ठ-गी- गरेको निर्माता द्वय श्रेष्ठ र खड्गीले दिएको उ-जु-री-मा उल्लेख छ । फिल्ममा अभिनय गर्नका लागि तीन महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै केसीले आफूहरुको थप २ लाख ५० हजार लिएको र फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्‍याएको निर्माता द्वय श्रेष्ठ र खड्गीले प्रहरीमा दिएको उ-जु-री-मा भनिएको छ ।

उजुरीमा अनमोल केसीका कारण भएको नोक्सानीको बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ । साम्तेन भुटियाले निर्देशन गर्ने भनिएको फिल्म ‘धुपौरे’ का लागि लोकेशन खोज्न निर्देशकसँगै अनमोल पनि विभिन्न ठाउँमा पुगेका थिए । उनले फिल्म छाड्नुको कारण स्क्रिप्टमा आएको परिवर्तन र छायांकनमा जान निर्माण टिमले गरेको हतारोलाई मानिएको छ ।

अभिनेता अनमोल केसीले शुक्रवारबाट ‘ए मेरो हजुर ४’ को छायांकन सुरु गरेका छन् । उनी शुक्रवार साँझै फिल्मको छायांकनका लागि पोखरा प्रस्थान गरिसकेको जानकारी प्राप्त छ । तर, उनी-वि-रु-द्ध- ठगीको आरोपमा प्रहरीमा उजुरी परेपछि फिल्मको छायांकनमा अवरोध पुग्नसक्ने देखिएको छ । प्रहरीले छलफलका लागि दुवै पक्षलाई बोलाउने तयारी गरेको बुझिएको छ ।

यो पनि पढ्नुस, निकै रुचईएको जोडी सुहाना थापा र अनमोल केसीलाई फेरि दर्शकले एकसाथ देख्न पाउने भएका छन् । शुक्रबार चलचित्र ‘ए मेरो हजुर ४’को शुभ मुहूर्त गर्दै छायाँकन सुरु गरिएको छ । काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्र ‘ए मेरो हजुर ४’ को शुभ मुहूर्त गरिएको हो ।

चलचित्रको शुभ मुहूर्तमा नायक अनमोल केसी, नायिका सुहाना थापा , कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको उपस्थिती रहेको थियो ।

‘ए मेरो हजुर ४’ मा पनि अनमोल र सुहानाकै जोडी हुनेछ । यसअघि प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३ मा पनि अनमोल र सुहानानै जोडी भएर खेलेका थिए । उनीहरुको जोडीलाई दर्शकले औधी रुचाएका समेत थिए ।

Leave a Reply

Your email address will not be published.