January 24, 2022

Halkhabar kura

Entertainment Site

१४ औँ महाधिवेशनमा नेपाली कांग्रेसले क्रियासिल सदस्यको संख्या १० लाख पुर्याउने

1 min read

काठमाडौं । नेपाली कांग्रेसले ५० प्रतिशत माथि नयाँ क्रियासिल सदस्य थपेर १० लाख पुर्याउने भएको छ । आगामी १४ औँ महाधिवेशनको तयारी स्वरुप शुक्रबारबाट कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु गरेको छ । चैत मसान्त सम्ममा क्रियासिल सदस्यत सतिरण गर्ने र नविकरणको काम पनि सक्नका लागि केन्द्रीय समितिले तलका निकायहरुलाई निर्देशन दिएको छ ।

कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिलाई क्रियाशील सदस्यता नवीकरण गर्ने जिम्मा दिएको छ । पार्टीको विधानले तोकेको कार्यविधिअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरणको काम आजबाटै सुरुगर्ने जनाएका छन ।

गत माघ २९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले फागुन १६ देखि चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण गर्ने गरी महाधिवेशन कार्यतालिका बनाएको थियो । हाल कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या झन्डै पाँच लाख छ । विधानको दफा ४ मा कांग्रेसमा सदस्य र क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ ।

कांग्रेसको साधारण सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि मात्र क्रियाशील सदस्यता प्राप्त हुने विधानको व्यवस्था छ । तर, केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको प्रयोजनार्थ ‘साधारण सदस्यता लिएको एक वर्ष पुगेपछि’ मात्र क्रियाशील सदस्यता प्राप्त हुने प्रावधानलाई निलम्बन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत माघ १३ गते बसेको बैठकले गाउँ-नगर वडा अधिवेशन २०७७ कात्तिक १६ गते, गाउँ-नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय गरेको थियो ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५, प्रदेश अधिवेशन मंसिर २९ र केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । कांग्रेसको १३औँ महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो ।

कांग्रेसको साधारण सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि मात्र क्रियाशील सदस्यता प्राप्त हुने विधानको व्यवस्था छ । तर, केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको प्रयोजनार्थ ‘साधारण सदस्यता लिएको एक वर्ष पुगेपछि’ मात्र क्रियाशील सदस्यता प्राप्त हुने प्रावधानलाई निलम्बन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत माघ १३ गते बसेको बैठकले गाउँ÷नगर वडा अधिवेशन २०७७ कात्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय गरेको थियो ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५, प्रदेश अधिवेशन मंसिर २९ र केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । कांग्रेसको १३औँ महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो ।

Leave a Reply

Your email address will not be published.