January 21, 2022

Halkhabar kura

Entertainment Site

नेकपाको एकता महाधिवेशन २०७७ चैतको अन्तिम साता हुने, भोलीदेखि १५ समूहमा एजेन्डागत छलफल सुरु गरिने

1 min read

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन २०७७ चैतको अन्तिम साता हुने भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त प्रतिवेदनमा एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ ।

अध्यक्ष प्रचण्डले आजदेखि राष्ट्रिय सभामा सुरु भएको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । प्रतिवेदनमा ०७७ भदौमा स्थानीय तह, मंसिरमा प्रदेश अधिवेशन र चैत अन्तिम साता एकता महाधिवेशन गर्ने उल्लेख छ । पूर्व–एमाले र माओवादी केन्द्रबीच एकता भएको २१ महिनापछि बसेको नेकपा केन्द्रीय कमिटीमा आजदेखि एजेन्डागत छलफल सुरु गरेको हो ।

केन्द्रीय समितिको पहिलो दिन आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले उद्घाटन मन्तव्य राखेपछि अर्का अध्यक्ष ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । प्रचण्डले दुई अध्यक्षले तयार पारेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि महासचिव विष्णु पौडेलले संगठन तथा विधान संशोधन प्रस्ताव पनि पेश गर्नुभएको छ ।
केन्द्रीय कमिटी बैठकमा एजेन्डागत छलफल १५ समूहमा भोलिदेखि सुरु हुनेछ ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी ले नेता, कार्यकर्ता र संगठित सदस्यहरुको योजनाबद्ध परिचालन गर्न तीन महिने विशेष अभियान चलाउने भएको छ । बैठकमा पार्टी एकता, सुदृढिकरण र समृद्धिका लागि राष्ट्रिय अभियानअन्र्तगत समस्त पार्टी पंक्तिको एकीकृत परिचालनका लागि तीन महिने योजना प्रस्ताव गरिएको छ ।

यसैबिच, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी अझै पनि संक्रमणकालीन अवस्था रहेको तर सरकारले नेपालीको जीवनस्तर उकास्नेगरी धेरै काम गरेको दाबी गर्नुभएको छ । बैठकलाई सम्बोेधन गर्दै उहाँले वैचारिक अस्पष्टताका कारण अझै पनि पार्टी संक्रमणकालीन अवस्थामा रहेको र आगामी दिनमा वैचारिक स्पष्टता अति आवश्यक भएको उहाँले बताउनुभयो ।

ओलीले भावनामा नभई यथार्थतमा आधारित भएर पार्टीलाई अघि बढाउनु पर्ने भन्दै सरकारले केही गरेन भन्ने हल्ला पार्टी पंक्तिहरुले चलाउनु राम्रो नभएको जिकिर गर्नुभयो । यसैगरी प्रधानमन्त्री ओलीले अमेरिकी मिलेनियम कर्पोरेशन एमसीसी परियोजना संसदबाट पारित गराउन कुनै अलमल गर्नु नपर्ने बताउनुभएको छ ।
यस्तै, प्रधानमन्त्री ओलीले आफूले प्राकृतिक धक्का भनेर कोराना भाइरसतिर संकेत गरेको स्पष्टीकरण दिनुभएको छ ।

हिजो संसद बैठकलाई सम्बोधन गर्दै उहाँले २०२० को सरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताउनुभएको थियो ।  लगत्तै प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कसले कस्तो धक्का दिँदैछ भन्दै प्रश्न गर्नुभएको थियो । आज ओलीले धक्का भनेर आफूले कोरेना भाइरसतिर संकेत गर्न खोजेको बताउनुभएको हो

Leave a Reply

Your email address will not be published.