October 28, 2021

Halkhabar kura

Entertainment Site

नेपाली नेताहरुको कच्चापनका कारण विदेशीको चलखेल बढेयो (भिडियोसहित)

1 min read

जबजब नेपालमा राजनीतिले नयाँ कोर्स लिन्छ, विदेशीको सक्रियता एकाएक बढ्ने गर्छ । भूराजनीतिकका दृष्टिकोणले महत्वपूर्ण स्थल मानिएको नेपालमा नेकपाको आन्तरिक विवादले संसद् विघटनसम्म पु¥याएपछि दक्षिणी र उत्तरी छिमेकी मुलकको सक्रियता ह्वात्तै बढेको छ । नेकपाको मिलाउनकै लागि चिनियाँ राष्ट्रपति सीको विशेष टोली नेपाल आईपुगेको छ ।

सत्तारुढ नेकपा दुई भागमा विभाजन भएको एक सातापछि चिनिया राष्ट्रपति सी चिनफिङको विशेष टोली काठमाडौं आइपुगेको हो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेकी चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली चार दिनका लागि नेपाल उत्रिएको हो । विभाजनको औपचारिक घोषणामात्रै हुन बाँकी रहेका वेला चिनिया टोलीको आगमनले नेकपामा सञ्जीवनी बुटीको काम गर्ला त ?

यसअघि नेकपालाई फुट्नबाट जोगाउन चिनिया राजदूतको होउ यान्छीको निकै दौडधुप देखिएको थियो । तर उनको सक्रियताले खासै असर देखाउन सकेन । चीन जस्तै दक्षिण छिमेकी भारतको सक्रियता खुला रुपमा नदेखिए पनि आन्तरिक हस्तक्षेप निकै पेचिलो भएकै कारण नेकपा फुटसम्म पुगेको अनुमान गरिएको छ । विदेशी शक्तिराष्ट्रकै सक्रियता र नेपाली राजनीतिज्ञको कच्चापनले देशमा थप गम्भीर संकट निम्त्याएको विज्ञको बुझाइ छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयमा भारतले अर्थपूर्ण तरिकाले मौनता साधेको छ । उसले नेपालमा विकसित घटनाक्रममा आफ्नो ध्यानाकर्षण भए पनि त्यो आन्तरिक मामिला भएको भन्ने सामान्य कूटनीतिक शब्दावली प्रयोग गरेको छ । तर नेपालको राजनीतिक खेलमा आफू अनुकूलको नतिजा पाएको भारतकै बुद्धिजीवीको भनाइले स्पष्ट पारिसकेको छ । यसर्थ, दुवै छिमेकी मुलुकको सक्रियताले नेपाली राजनीतिमा थप बदलाब आउने आँकलन गर्न सकिन्छ ।

दुवै छिमेकी मुलुकको सक्रियताले नेपाली राजनीतिमा थप बदलाब आउने आँकलन गर्न सकिन्छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।