October 17, 2021

Halkhabar kura

Entertainment Site

रामकृष्ण ढकाल र निलम ढकालबीचको सम्बन्ध विच्छेदको हल्लामा नयाँ ‘ट्वीस्ट’ देखिए संगै (भिडियोसहित)

1 min read

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र ढकालकी पत्नी निलम शाह ढकालबीचको सम्बन्ध विच्छेद भएको भन्दै समाचार सार्वजनिक भएपनि समाचारमा नयाँ ट्वीस्ट आएको छ ।

जिल्ला अदालत काठमाडौंमा ढकाल र निलमबीच सम्बन्ध विच्छेद भएको भन्दै अदालतकै श्रेष्तेदारले सञ्चार माध्यमलाई खबर गरेपछि सञ्चार माध्यमले मुख्य खबर बनाएका थिए । तर, सम्बन्ध विच्छेद भनिएको हल्ला हल्लामै सिमित हुने देखिएको छ ।

ढकालले आफ्नो श्रीमती निलम र उनकी छोरी रानी ढकालसँगै एक कार्यक्रममा गएका छन् । उनले कार्यक्रममा जानुअघि आफूहरुसँगै रहेको र ‘शो’ हेर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमा श्रीमती निलम, छोरीसँगैको तस्विर सार्वजनिक गरेका छन् ।

त्यसो त ढकालले यसअघि देखि नै डिभोर्सको समाचार हल्ला मात्रै भएको दियोपोस्टलाई बताएका थिए । उनले ‘फेक न्युज लेख्ने विरुद्ध कानुनी कारबाहीमा’ जाने सम्मको चेतावनी दिएका थिए ।

शनिबार राजधानीको सोल्टी होटलमा संगीतकार रंजित गजमेरको सांगीतिक यात्राको विषयमा आयोजित सांगितिक कार्यक्रममा भारतीय गायीका आशा भोश्लेसँगै ढकालले समेत प्रस्तुती दिनेछन् । सोही कार्यक्रममा ढकाल, पत्नि निलम र छोरी रानी सहभागी भएका छन् ।

गत पुस ९ गते ढकाल दम्पतिको सम्बन्ध विच्छेद भएको हल्ला फैलिएको थियो ।

Leave a Reply

Your email address will not be published.