October 19, 2021

Halkhabar kura

Entertainment Site

पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राईनोजको पोल्टामा

1 min read

काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा क्रिकेट मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि उचालेको हो ।

२ सय ३ रनको फराकिलो लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

पीपीएल उपाधिसंगै पारसले नेपालमा हुने तीनवटै फ्रेन्चाइज क्रिकेटको उपाधी जित्न सफल भएका छन् । यसअघि उनको कप्तानीमा रहेको टिमले एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको उपाधि उचालेका थिए ।

Leave a Reply

Your email address will not be published.