October 17, 2021

Halkhabar kura

Entertainment Site

पोखरा प्रिमियर लिगमा आज उपाधिका लागि चितवन र विराटनगरबीच प्रतिस्पर्धा हुने

1 min read

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेटको उपाधिका लागि आज चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हु्ँदैछ । पोखरा मैदानमा बिहान साढे ११ बजे हुने प्रतियोगितामा दुवै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।

चितवन अघिल्लाे संस्करणमा पोखरा पल्टनसँग पराजित भएपछि उपाधि जित्न असफल भएको थियो भने विराटनगर पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । चितवन जारी प्रतियोगितामा अपराजित रहँदै सिधै फाइनल प्रवेश गर्दा विराटनगर भने एलिमिनेटर राउण्डमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको अघिल्लो दिन पोखरामा चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप ऐरीले प्रि म्याच कन्फ्रेन्समा कुरा गर्दै लक्ष्य उपाधि जित्ने नै रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.