October 22, 2020

Halkhabar kura

Entertainment Site

कुलमान बाहिरिय संगै विद्युत प्राधिकरणको ५० करोडको १८ कट्ठा जग्गा कब्जा गर्ने खेल

1 min read

शेयर दिएर हिसाव मिलान गरिसकेको जग्गालाई पुनः दाबी गर्दै आएका सूर्य नेपाल प्रालिका महाप्रवन्धक प्रभाकर शाहले उच्च अ’दालतमा मु’द्दा जितेपछि नेपाल विद्युत प्राधिकरणका उपकरण राख्नका लागि ठाउँ नै अभाव हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले भोगचलन गर्दै आएको पचासौं करोडको बीरगञ्जको १८ कट्ठा जग्गा हात पार्न उनले दलालमार्फत् ठूलो धनराशी खर्च गर्ने प्रपञ्च मिलाएको कुरा डायरी एक्सप्रेसमा छ ।

जिल्ला अ’दालतले विद्युत प्राधिकरणका नाममा फैसला गरिदिएपछि नेपाल विद्युत प्राधिकरण वीरगञ्ज शाखाले झण्डै ६० करोडका उपकरणहरु जडान गरेको उक्त जग्गालाई उच्च अ’दालतले भने शाहको पक्षमा फैसला गरिदिएको छ । प्रभाकरका पिता पूर्णबहादुर शाहले प्राधिकरणले भोगचलन गरेको बीसौं बर्षपछि हठात् २०५७ साल मंसिर ८ गते मुआब्जा पाउनका लागि नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएका थिए । त्यसपछि मात्रै जग्गाको विषयवस्तु थाहा भएको थियो ।

प्राधिकरणले छानविन समिति नै गठन ग¥यो । छानविन समितिले दिएको प्रतिवेदन अनुसार २००५ सालमा वीरगञ्ज इलेक्ट्रिक सप्लाई कर्पोरेशन लिमिटेड स्थापना गरेको थियो । प्रभाकरका बाजे पुरेन्द्र विक्रम शाहले उक्त जग्गा वीरगञ्ज इलेक्ट्रिकल सप्लाई कर्पोरेशन लिमिटेडलाई दिएबापत १९ प्रतिशत शेयर लिएका थिए । यसरी शेयर बाँडफाँड गरेपछि उक्त कम्पनीले २०१६ साल देखि नै व्यवसाय शुरु गरेको थियो । बि.स. २०१७ सालमा तत्कालीन उद्योग वाणिज्य मन्त्रालयले कम्पनीलाई स्वेच्छिक खा’रेजीमा लगेर ४५ प्रतिशत नोक्सानीमा परेको प्रतिवेदन पेश गरिएको थियो । जस अनुसार ५५ प्रतिशत सम्पूर्ण सम्पत्ति फिर्ता गरिएको थियो । यसरी प्रभाकरका हजुरबुवा पुरेन्द्र विक्रम शाहले शेयरधनीले पाउने सबै रकम लिएका थिए ।

डायरी एक्सप्रेसका अनुसार जग्गाको हकभोग छाडे बापत पैसा लिइसकेका प्रभाकर शाहका बाजे पुरेन्द्र विक्रम र बाबु पूर्ण बहादुर शाहको पनि नि’धन भइसकेको छ । अहिले विद्युत प्राधिकरणलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले शाहको पक्षमा मु’द्दा जिताएर प्राधिकरणलाई हराइदिएको छ । त्यसको वि’रुद्धमा नेपाल विद्युत प्राधिकरण सर्वोच्च अ’दालतमा पुगेको छ । तर शाहले प्राधिकरणका कानून शाखाका ब्यक्तिहरुलाई नै आर्थिक प्र’लोभनमा पारेर मु’द्दा कमजोर पार्न सकिन्छ भन्दै आफू निकटका कानून व्यवसायीसँग छलफल गरेको स्रोतको दा’बी छ ।kantipath

Leave a Reply

Your email address will not be published. Required fields are marked *