October 19, 2021

Halkhabar kura

Entertainment Site

सुन्दैन नेपाल सरकार बिदेशमा अलपत्र नेपालीको चित्कार

1 min read

युनाइटेड अरब इमिरेट्स (युएई) मा विगत सात महिनादेखि अलपत्र नेपाली परेका १७ जना नेपाली भोकभोकै सडकमा बस्न बा’ध्य भएका छन् ।

स्वदेश फर्किन दुबई विमानस्थल पुगेपछि जरिवाना तिर्न नसकेर विमानस्थलमै अलपत्र परेका उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद युएईले खानबस्नको व्यवस्था गरेको थियो ।यसघि उद्धार गरेर राखे पनि अहिले हामी केही गर्न सक्दैनौँ भन्दै खान समेत ब’न्द गरेर एनआरएनएका प्रतिनिधिहरू सम्पर्कविहीन भएको रुकुमका नवीन परियारले बताए ।

उनले भने, ‘विमानस्थलबाट उद्धार गरेको गैरआवासीय नेपाली संघले पनि हाम्रो साथ छोड्यो, अब कहाँ जानु, नेपाली दूतावासमा फोन गर्ने पैसा पनि छैन,’ नवीनले भने, ‘हामीलाई दूतावाससम्म पु¥याइदिनू, दूतावास र नेपाल सरकारले उद्धार गर्न सकेनन् भने प्रहरीलाई जिम्मा दिनु, युएई सरकारले जे गर्छ भोग्न तयार छौँ ।’

उनीहरूका अनुसार गत अगस्ट १० तारिखमा नेपाल फर्किन विमानस्थल पुगेको र सबै लगेज विमानस्थलमै छोडिएकोले शरीरमा लगाएको बाहेक अर्को लुगा पनि छैन । विमानस्थलबाट फर्केको साढे एक महिनाभन्दा बढी भइसकेको छ ।

‘घरबाट कहिले आउने भनेर फोन गर्छन्’ अर्घाखाँचीका कृष्णबहादुर गन्धर्वले खबरहबसँग भने, ‘हामीले के जवाफ दिने, अब हामीलाई नेपाल सरकारले उद्धार गर्न चासो दिएन भने हाम्रो एकमात्र विकल्प सामूहिक आ’त्माह’त्या गर्नु हो ।’युएईको फ्लेक्स फ्यासेलेटी म्यानेजमेन्ट कम्पनीमा काम गरेका उनीहरूले युएई पुगेको एक महिनामै रोजगारी गु’माएका थिए । अहिले ७ महिनादेखि उद्धारको पर्खाइमा छन् । युएईमै अलपत्र बारा कलैयाका शिव बच्चन रौनियार र अजय महतको पनि अहिलेसम्म उद्धार हुनसकेको छैन । उनीहरू पनि सात महिनादेखि उद्धारको पर्खाइमा छन् ।

यस विषयमा एनआरएनए युएईका पदाधिकारीहरूसँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । दूतावाससँग जानकारी लिन खोज्दा पनि सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published.