October 28, 2021

Halkhabar kura

Entertainment Site

मधेसी महिला इन्सपेक्टरमा नाम निकाल्न सफल

1 min read

सशस्त्र प्रहरीको इन्सपेक्टर प्रहरी निरीक्षक पदमा एक मधेसी महिलाले नाम निकाल्न सफल भएकी छिन् । इन्सपेक्टरमा नाम निकाल्न सफल विजयनगर गाउँपालिका ७,कपिलवस्तुकी प्रतिभा पाल एकाएक चर्चामा आएकी हुन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले भदौ ८ गते प्रकाशित गरेको नतिजामा महिलारखुल्ला समूहतर्फ प्रतिभा पाल दोस्रो नम्बरमा नाम निकालेको देखिन्छ । विभिन्न निकायमा मधेसीमाथि भइरहेको विभेदका बाबजुद उनी इन्सपेक्टर पदमा नाम निकालेकी हुन् ।उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनलाई बधाई तथा सफल कार्यकालको शुभकामनाले फेसबुकको वाल रंगिएको छ यतिबेला ।

Leave a Reply

Your email address will not be published.