October 28, 2021

Halkhabar kura

Entertainment Site

विवेकशील साझाका उज्वल थापा भेन्टिलेटरमा ,यस्तो छ पछिल्लो अपडेट

1 min read

१४ जेठ काठमाण्डौ 

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापा यतिखेर ग्र्याण्डीमा संक्रमणसंग भेण्टिलेटरमा जुधिरहेका छन्।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापालाई कोरोना संक्रमण पश्चात निमोनिया देखिएपछि यतिबेला उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको हो ।

विगत २४ घण्टादेखि थापा काठमाडौंको ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा रहेका छन् ।

डाक्टरले  दिएको जानकारी अनुसार उनको अवस्था  गम्भीर रहेको छ ।

‘उहाँको अवस्था स्थिर छ। हिजो बिहानदेखि भेन्टिलेटरमा राखिएको हो,’ डाक्टरले जानकारी दिएका छन् ।

थापालाई कोरोना संक्रमणको साथमा निमोनिया पनि देखिएको उनले जानकारी दिएका छन् ।

करिब दुई साताअगाडिदेखि उनी संक्रमण विरुद्ध उपचाररत रहेका छन् ।

थापालाई ग्राण्डी अस्पतालबाट मेडिसिटी अस्पताल सार्ने तयारीसहित छलफल भइरहेको छ।