January 24, 2022

Halkhabar kura

Entertainment Site

चीन सरकारले दिने दुई हजार थान कोरोना परीक्षण किट्स ल्हासा आइपुग्यो

1 min read

काठमाडौं । चीन सरकारले दिने भनेका कोरोना परीक्षण किट्स ल्हासा आइपुगेको छ । हिजै  (शुक्रबार) तातोपानी नाका हुँदैं नेपाल आउने भनिएतापनि बेइजिङबाट ढिला उडान भएका कारण ती सामाग्री ल्हासा आइपुगेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

दुई हजार थान कोरोना परीक्षण किट्स बेइजिङबाट ल्हासा हुँदै नेपाल आउने तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।

नेपाललाई कोरोना परीक्षणका लागि दिने दुई हजार थान किट्स बोकेर गाडीहरु ल्हासाबाट आज राति अबेर अथवा भोलिसम्म तातोपानी आइपुग्ने् प्रमुख खत्रीले  बताए  ।

‘ल्हासाबाट गाडी हिडिसकेको छ राति अबेर तथा भोलिसम्म यहा आइपुग्छ खत्रीले भने ।’ ल्हासाबाट खाशाको दुरी लगभग ६ सय ५० किलोमिटर छ भने खाशाबाट तातोपानी भन्सार जम्मा १० किलोमिटर मात्रै छ ।

किट्स उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले बुधबार उक्त सामग्री बेइजिङस्थित नेपाली दूतावासमा कार्यवाहक नेपाली राजदूत सुशीलकुमार लम्साललाई हस्तान्तरण गरेका थिए ।

शुक्रबार ती सामाग्री ल्हासा आइपुगेका थिए । यी सामान करिब ३६ लाख नेपाली रुपैयाँ बराबरका हुन्

Leave a Reply

Your email address will not be published.