January 24, 2022

Halkhabar kura

Entertainment Site

“अविवाहित मुख्यमन्त्री शेरधन राई मेरा पति हुन्, नाता कायम गराइ पाऊँ भन्दै मुद्दा”

1 min read

प्रदेश १ मुख्यमन्त्री शेरधन राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको छ। मुख्यमन्त्री राईविरुद्ध शुक्रबार दोलखाकी बालिका खड्काले नाता कायम गराइ अंश दिलाई पाऊँ भन्दै मुद्दा दायर गरेकी हुन्।

उनले शेरधन राई आफ्ना पति भएको दावी गर्दै नाता कायम गराई अंश दिलाइदिन माग गर्दै मुद्दा दायर गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए।

मुद्दामा खड्काले मुख्यमन्त्री राईसँग आफ्नो २०७१ देखि सम्बनध रहेको र उनी सञ्चारमन्त्री हुँदा आफूलाई काठमाडौँको गोल्फुटारमा कोठा लिइ राखेको उल्लेख गरेकी छन्।

खड्काले यसअसिध नै मुख्यमन्त्री राईसँग आफ्नो सम्बनध रहेको बताउँदै आएकी थिइन्। उनले राईलाई भेटन खोजे पनि वेवास्था गरेका कारण मुद्दा दर्ता गर्नुपरेको प्रतिक्रिया दिएकी छन्।

खड्का तत्कालीन एमालेको विद्यार्थी संगठनकी नेतृ समेत हुन्। उनले विद्यार्थी राजनीतिमा सक्रिय रहेकै बेला राईसँग आफ्नो हिमचिम बढेको र आफूहरु केही समय सँगै बसेको आरोप लगाउँदै आएकी थिइन्।

फाइल फोटो

‘मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ अनुसार विपक्षी पति र म बीच एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरी विवाह भएको हुँदा ऐ। संहिताको दफा २०५, २०६, २०९, २११, २१२, २१३ समेतका आधारमा प्रस्तुत फिराद गर्न आएकी छु,’ बालिकाले दायर गरेको मुद्दामा भनिएको छ,

‘अंशबण्डा गर्ने सम्पत्तिको फाँटवारी देखाई फिराद गर्नु पर्नेमा विपक्षी जिम्माको सम्पत्ति मलाई हाल जानकारी नभएको र मसँग बण्डा गर्ने कुनै पनि सम्पत्ति नभएको हुँदा संहिताको दफा २२१, २२२, २२३, २२४, २२५ समेतका आधारमा बण्डा गर्ने सम्पत्तिको तायदाती फाँटवारी माग गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी जम्मा सम्पत्तिलाई २ भाग गरी १ भाग अंश दिलाइ चलन चलाई पाऊँ।’

मुख्यमन्त्री राईले विद्यादेवी भण्डारी पहिलोपटक राष्ट्रपति नियुक्त भएको दिन बेलुका रात्रिभोजमा आफूमाथि म’दि’राको जोशमा दु’र्व्यव’हार गर्न कोसिस गरेको आरोप पनि लगाएकी छिन् ।

घटनापछि राईले आफूलाई ‘हामी लोग्ने स्वास्नी हौं’ भनी फकाएकोसमेत उनले उजुरीमा उल्लेख गरेकी छन् ।

राई सूचना तथा सञ्चारमन्त्री हुँदा आफू तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको निजी स्वकीय अधिकृतको रूपमा काम गरेको उनले जनाएकी छन् ।

बालिकाले दर्ता गरेको मुद्दाको पेशी आउँदो चैत १७ गतेका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published.