November 28, 2021

Halkhabar kura

Entertainment Site

BIG BREAKING – बाँस्कोटाले ७० करोड डिलमा प्रचण्डलाई तानेपछि नेकपा नयाँसंकटमा, ७ पेजकोपत्रमा प्रचण्डको नामसहित

1 min read

क्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा न्यायका लागि भन्दै अदालको ढोका ढक्ढक्याउन पुगेका छन् ।

बाँस्कोटाले अडियो सार्वजनिक गर्ने स्विस कम्पनीका एजेन्ट भनिएका विजयप्रकाश मिश्रविरुद्ध शुक्रवार काठमाडौं जिल्ला अदालतमा गाली बेइ’ज्जतीको मुद्दा दायर गरेका हुन् ।

‘प्रतिवादीले विद्युतीय तथा अन्य आमसञ्चारका माध्यमहरूबाट झूटा ला’ञ्छना लगाई गा’ली–बेइ’ज्जती गरेको र प्रतिवादीबाट भएको कार्य मुलुकी अप’राध संहिताको दफा २९३, ३०५, ३०६ र ३०७ विपरीत भएको हुँदा सोही ऐनको २९३(२), दफा ३०५(३) तथा ३०७(१) एवं कानूनका मान्य सिद्धान्त बमोजिम

हदैसम्म सजाय गरी सोही उपदफा २ बमोजिमको क्षतिपूर्ति रकम फौजदारी क’सूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ४१ को उपदफा (१) र (२) बमोजिम निर्धारण गरी क्षतिपूर्ति भराई प्रस्तुत मुद्दा दायरीदेखि अन्तिम हुँदासम्मको मुद्दा गर्दा लागेको खर्च समेत विपक्षीबाट दिलाई भराई पाउँ,’ बाँस्कोटाका तर्फबाट वारेस राजेन्द्र बोगटीले शुक्रवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

प्रतिवादीबाट सृजित कथित अडियो टेपमा कुनै सत्यता छैन । रकम लेनदेन गर्ने हिसाबले कसैसँग मैले कुरा गरेको छैन । मलाई फसाउने उद्देश्यले रचिएको प्रपञ्च हो भन्ने कुरा यस सम्बन्धमा मैले लिएको निर्णय र कार्यबाट नै स्पष्ट भैसकेको छ,’ बाँस्कोटाका तर्फबाट दायर मुद्दामा अगाडि भनिएको छ ।

७ पृष्ठ लामो फिराद पत्रमा बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम २ पटक उल्लेख गरेका छन् । प्रचण्डको नाम उल्लेख भएपनि सुरक्षण मुद्रण विकास समिति गठनयताका अन्य प्रधानमन्त्री र तिनका पालामा अघि बढेका प्रक्रिया र भएका निर्णयहरूबारे भने केही उल्लेख छैन ।

जबकि यसबीचमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि टेण्डर समेत भइसकेकोमा त्यसलाई रद्द गरी वर्तमान सरकारले जीटूजी (सरकार र सरकारबीच) सम्झौता गर्ने निर्णय गरेको थियो । यसो गरेर लागत बढाइएको आरोप विपक्षीहरूले लगाउँदै आएका छन् ।

पहिलोपटक बाँस्कोटाले फिराद पत्रको बुँदा नम्बर ३ मा प्रचण्डको नाम उल्लेख गरेका छन् । उक्त बुँदामा सुरक्षण मुद्रण विकास समितिको गठन प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को निर्णयको आधारमा भएको उल्लेख छ । तर, बाँस्कोटा जोडिएको प्रकरण भने विकास समिति गठन भइसकेर खरिद प्रक्रिया समेत अघि बढिसकेपछिको हो ।

‘म संलग्न भएको मन्त्रिमण्डल गठन हुनुअगावै वि.सं. २०७३ कार्तिकमा तत्कालीन अवस्थामा मौजुदा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले सुरक्षण मुद्रण विकास समिति गठन गर्ने निर्णय गरेको रहछे ।

सोही निर्णयबमोजिम २०७३ कार्तिक ८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश, २०७३ मार्फत सुरक्षण मुद्रण विकास समिति गठन भएको रहेछ । उक्त सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश, २०७३ को दफा ५ बमोजिम सुरक्षण मुद्रणसम्बन्धी सम्पूर्ण कामहरू सुरक्षण मुद्रण केन्द्रबाट सम्पादन गर्नेगरी उल्लेख गरिएको रहेछ,’ बाँस्कोटाका तर्फबाट दायर मुद्दाको बुँदा नम्बर ३ मा भनिएको छ ।

दोस्रोपटक प्रचण्डको नाम बाँस्कोटाले बुँदा नम्बर ७ मा उल्लेख गरेका छन्, जसमा प्रचण्ड लगानी बोर्डको अध्यक्ष (बहालवाला प्रधानमन्त्री लगानी बोर्डमा पदेन अध्यक्ष हुन्छन्) रहेको बेलामा पत्र प्राप्त व्यक्तिका रूपमा मिश्रले आफूसँग परिचय गरेको भनेर उल्लेख गरिएको छ ।

मिश्रले आफूसँग भेटेपनि नाजायज प्रस्ताव राखेपछि अस्वीकार गरेको उल्लेख बाँस्कोटाले गरेका छन्, जबकि बाँस्कोटासँग त्यही बेला भएको संवाद भनी सार्वजनिक भिडियोलाई भने उनले ‘फेक’ भनेका छन् ।

Leave a Reply

Your email address will not be published.