November 28, 2021

Halkhabar kura

Entertainment Site

‘कोरोना भाइरस’को संक्रमण रोक्न त्रिभुवन विमानस्थलमा ‘उच्च सतर्कता’

1 min read

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरसको संक्रमण रोक्न तथा देशमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ । ‘थर्मल स्क्यान’ यन्त्र जडान गरेर विदेशबाट काठमाडौं आउने यात्रुको स्वास्थ्य परीक्षण गर्ने क्रममा ज्वरो आए-नआएको हेर्ने गरिएको छ।

विमानस्थललाई ‘उच्च सतर्कता’मा राख्दै कर्मचारीहरूलाई मास्क वितरण गरिएको र ‘कोरोना भाइरस’को जोखिमबाट बच्ने उपाय सिकाइएको छ । चीनमा ८० भन्दा बढीको ज्यान लिइसकेको ‘कोरोना भाइरस’बाट अहिलेसम्म ३ हजार भन्दा बढी सङ्क्रमित भएको पुष्टि भइसकेको छ।

नेपालमा पनि ‘कोरोना भाइरस’को सङ्क्रमण भएका व्यक्ति फेला परेको पुष्टि भएसँगै विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई प्रभावकारी बनाइएको हो । त्रिभुवन विमानस्थलमा २०७० सालदेखि यात्रुको स्वास्थ्यको जाँच गर्न र उनीहरूले सरुवा रोग भित्र्याए-नभित्र्याएको निगरानी गर्न एउटा विशेष हेल्थ डेस्क राखिएको छ।

विमानस्थलको यात्रु प्रवेश कक्षमा केही वर्षअघि अफ्रिकाबाट इबोला भाइरस भित्रिन सक्ने जोखिम कम गर्न स्थापना गरिएको स्वास्थ्य डेस्कमार्फत् नै ‘कोरोना भाइरस’ सङ्क्रमण फैलिने जोखिम घटाउने प्रयास तीव्र बनाइएको छ।

डेस्कका अतिरिक्त विमानस्थलको यात्रु आगमन कक्षमा यात्रुलाई ज्वरो आए-नआएको मापन गर्ने थर्मल स्क्यान समेत जडान गरिएको डेस्कका संयोजक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका गोपाल पाण्डेले जानकारी दिनुभयो  ।

नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ ।
चीनबाट नेपाल आइपुगेका २८ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको अस्पताल स्रोतको भनाइ छ ।

हङकङ पठाइएको रगतको नमुना परीक्षणबाट उनमा भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना भाइरसको परीक्षण नेपालमा पनि सुरु गरिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत कोरोना भाइरसको परीक्षण सुरु गरिएको हो । टेकु अस्पतालबाट संकलित ३ वटा शंकास्पद नमुनाको परीक्षण थालिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिनुभयो ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि नेपालमै कोरोना भाइरस परीक्षण गर्ने किट ल्याएर परिक्षण सुरु गरिएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि एक सय जना बिरामीको परीक्षण गर्न सकिने गरी कोरोना भाइरस प्राइमर किट नेपालमा ल्याएको हो । विदेशी सप्लार्यसमाफर्त एक सय जनालाई पुग्ने किट आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइपुगेको हो ।

जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरसको लक्षण देखिएका बिरामीको २४ घण्टाभित्रमा कोरोना भाइरस छ वा छैन भनेर पत्ता लगाउन सक्ने छ । यसैबीच, सरकारले कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गर्नुभयो भाइरसको प्रकोपलाई फैलन नदिन सरकारले तयारी गरिरहेको मन्त्री भट्टराईले जानकारी दिनुभयो  ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हवाई मार्गबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षणका गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको र विमानस्थलमा कार्यरत कर्मचारीमा सङ्क्रमण नहोस् भनेर पर्याप्त स्वास्थ्य सावधानी अपनाइएको पनि उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा अलग्गै ‘पार्किङ’को व्यवस्था मिलाइएको पनि मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.